म्याग्दी : जीप दुर्घटना हुँदा एक जनाको ज्यान गयो, आठ जना घाइते

 साउन १५, २०७८ शुक्रबार १२:५८:२५ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – म्याग्दीमा आज बिहान जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने आठ जना घाइते भएका छन् ।

पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका-७ ताकमबाट सदरमुकाम बेनीतर्फ आउँदै गरेको ग १ ज ६८०५ नम्बरको जीप दरबाङ–धारपानी सडकको बाटिकाको भीरमा दुर्घटनामा परेको हो ।

जीप दुर्घटनामा परेर धवलागिरि-७ ताकमका २७ वर्षीय विशाल सुनारको ज्यान गएकाे म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताउनुभयो । जीप दुर्घटनामा परेर घाइते भएका आठ जनालाई उद्धार गरेर अहिले प्राथमिक स्वास्थ्य केन्द्र दरबाङमा ल्याइएको र उनीहरुको अवस्था सामान्य रहेको उहाँले जानकारी दिनुभयो । 

घाइतेहरुको परिचय भने खुल्न बाँकी रहेको प्रनाउ राईले बताउनुभयो । दुर्घटनामा परेर जीपका चालक समेत घाइते भएका प्रहरीले जनाएको छ । जीप सडकबाट खसेर सल्लाको रुखमा अड्किएको छ ।

दुर्घटनामा परेर ज्यान गुमाएका सुनारको शव पोस्टमार्टमका लागि सदरमुकाम बेनीतर्फ ल्याउने तयारी गरिएको प्रनाउ राईले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया