टोकियो ओलम्पिक : १७६ स्वर्ण पदकको छिनोफानो, चीनकाे अग्रता कायमै

 साउन १८, २०७८ सोमबार ६:३१:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - जापानमा भइरहेको टोकियो ओलम्पिकमा १७६ स्वर्ण पदकको छिनोफानो भएको छ । अहिलेसम्म ओलम्पिकमा चीनले अग्रता कायमै गरेको छ ।

चीनले अहिलेसम्म २४ स्वर्णसहित ५१ पदक जितेको छ । यस्तै दोस्रो स्थानमा रहेको अमेरिकाले २० स्वर्णसहित ५९ पदक जितेको  छ । यस्तै, तेस्रो स्थानको आयोजक देश जापानले १७ स्वर्णसहित ३१ पदक जितेको छ । 

चौथो स्थानको अस्ट्रेलियाले १४ स्वर्णसहित  ३१ पदक जित्दा पाँचौँ स्थानमा रहेको रुस ओलम्पिक कमिटीले १२ स्वर्ण सहित ४४ पदक जितेको छ । यस्तै,  बेलायतले  १०, दक्षिण कोरिया र फ्रान्सले पाँच/पाँच, इटली, नेदरल्यान्डस्, जर्मनी, न्युजिल्यान्ड र चेक रिपब्लिकले चार/चार स्वर्ण जितेका छन् । यस्तै, क्यानडा, स्विट्जरल्यान्ड र क्रोएसियाले तीन/तीन स्वर्ण जितेका छन् ।

ब्राजिल, चाइनिज ताइपेइ, हङ्गेरी, स्लोभानिया, इक्वेडर, कतार र कोसोभोले दुई/दुई स्वर्ण जितेका छन् । यस्तै, ३० देशले एक/एक स्वर्ण जितेका छन् । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया