टाेकियाे ओलम्पिकमा पुरुष बास्केटबलतर्फ अमेरिकालाई स्वर्ण

 साउन २३, २०७८ शनिबार १२:१५:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - टोकियो ओलम्पिकमा पुरुष बास्केटबलतर्फ अमेरिकाले स्वर्ण पदक जितेको छ । फ्रान्सलाई ८७–८२ अङ्कले पराजित गरी अमेरिकाले स्वर्ण पदक जितेको हो ।

फाइनलको पहिलो क्वार्टरमा २२–१८, दोस्रोमा २२–२१, तेस्रोमा २७–२४ को अग्रता बनाएको अमेरिका अन्तिम क्वार्टरमा भने १९–१६ ले पछि परेको थियो । यससँगै अमेरिकाले ओलम्पिकमा बास्केटबलतर्फ लगातार चौथो पटक स्वर्ण पदक जितेको छ ।

अमेरिकाले पदक तालिकामा चीनलाई पछ्याएको छ । टोकियो ओलम्पिकमा अहिलेसम्म चीन ३७ स्वर्ण, २७ रजत र १७ कास्यसहित ८१ पदकका साथ पहिलो, अमेरिका ३३ स्वर्ण, ३६ रजत र ३२ कास्यका साथ १ सय १ पदकसहित दोस्रो र जापान २४ स्वर्ण, १२ रजत र १६ कास्यसहित ५२ पदकका साथ तेस्रो स्थानमा छ । 


 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया