जापानबाट आइपुग्याे तीन लाख डाेज खोप, बाँकी एक हप्तापछि आउने

 साउन २४, २०७८ आइतबार १३:५७:१९ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको तीन लाख डाेज खोप आइपुगेको छ । 

कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा एस्ट्राजेनेकाको तीन लाख डाेज खोप आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिनुभयो । जापानले नेपाललाई १६ लाख डाेज एस्ट्राजेनेकाको खोप दिने बताएको थियो । जापानबाटै हिजाे शनिबार पाँच लाख मात्रा खोप आएको थियो । बाँकी खोप एक हप्तापछि आउने मन्त्रालयले जनाएको छ । 

यसअघि शुक्रबार भुटानबाट दुई लाख ३० हजार डाेज कोभिशिल्ड खोप प्राप्त भएको थियो । जापानबाट प्राप्त खोप पहिलो मात्रा लगाएका नागरिकलाई लगाइनेछ । 

अहिलेसम्म खरिद र अनुदान गरेर झन्डै एक करोड डाेज खोप नेपाल आइपुगेको छ । नेपालले ६० लाख डाेज खाेप खरिद गरेको छ । चीनबाट ४० लाख डाेज भेरोसेल र भारतबाट २० लाख डाेज कोभिशिल्ड खोप खरिद गरिएको छ । भारतबाट खरिद गरिएकामध्ये १० लाख डाेज खोप अझैसम्म आपूर्ति भएको छैन । 

यसैगरी भारतबाट अनुदानमा ११ लाख डाेज कोभिशिल्ड (नेपाली सेनासहित) प्राप्त भएको छ । चीनबाट १८ लाख डाेज भेरोसेल खोप अनुदानमा प्राप्त भएको छ । यस्तै गाभीबाट तीन लाख ४८ हजार डाेज कोभिशिल्ड र अमेरिकाबाट १५ लाख ३४ हजार डाेज जे एन्ड जे खोप अनुदानमा प्राप्त भएको मन्त्रालयले जनाएको छ । 

खोपको नियमित आपूर्ति हुन थालेपछि सरकारले खोप केन्द्र पनि थप गरिएको छ । खोप केन्द्रमा भिडभाड देखिएको र खोप लगाउनेबाटै सङ्क्रमण फैलन सक्ने देखिएपछि सरकारले एक हजार चार सय ३३ खोप केन्द्र थप गरेको हो । पहिले दुई हजार नाै सय ८९ खोप केन्द्र भएकामा अहिले त्यो सङ्ख्या चार हजार चार सय २२ पुर्‍याइएकाे छ । काठमाण्डाै उपत्यकामा ८३ खोप केन्द्र थप गरी एक सय ४९ पुर्‍याइएकाे छ । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया