टाेकियाे ओलम्पिककाे बिदाइ, अर्काे भेट पेरिसमा (फाेटाेहरू)

 साउन २४, २०७८ आइतबार २०:४०:३० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – काेराेना महामारीकाे चुनाैतीका बीच टाेकियाे ओलम्पिक सफल रह्याे । २३ जुलाईमा सुरु भएकाे याे प्रतियाेगिता आज आइतवार समापन भएकाे छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) का अध्यक्ष थाेमस बाकले टाेकियाे ओलम्पिक २०२० काे समापन भएकाे औपचारिक घाेषणा गर्नुभएकाे हाे । 

अब आउँदाे ओलम्पिक सन् २०२४ मा पेरिसमा हुनेछ । टाेकियाे ओलम्पिकमा झन्डै ११ हजार खेलाडीले तीन सय ३९ इभेन्टमा भाग लिएका थिए । 

समापन समाराेहकाे सुरुवात आतिशबाजीबाट भएकाे थियाे । त्यसपछि मञ्चमा आयाेजक जापानकाे झन्डा फहराइएकाे थियाे । त्यसपछि सबै देशकाे झन्डा स्टेडियममा एउटा गाेलाे आकारमा देखाइएकाे थियाे । बिस्तारै–बिस्तारै खेलाडीहरू स्टेडियममा आउन थाले । याे दृश्य निकै महमाेहक थियाे । 

समापन समारोहमा टाेकियाेका गभर्नर युरिको कोइके और आईओसीका अध्यक्ष बाकले ओलिम्पिक झन्डालाई पेरिसका मेयर एनी हिडाल्गोलाई सुम्पिएका छन् । पेरिसमा नै आउँदाे २०२४ पेरिस ओलम्पिक आयाेजना हुँदैछ । यही क्रममा एफिल टावरमा पनि ओलम्पिक झन्डा फहराइएकाे थियाे । 

यस संस्करणकाे ओलम्पिकमा अमेरिकाले ३९ स्वर्ण, ४१ रजत र ३३ कास्यसहित एक सय १३ पदक जित्दै पहिलाे बनेकाे छ । चीन भने ३८ स्वर्ण, ३२ रजत र १८ कास्यसहित ८८ पदकका साथ दाेस्राे नम्बरमा रह्याे । तेस्राेमा भने २७ स्वर्ण, १४ रजत र १७ कास्यसहित ५८ पदक जित्दै आयाेजक जापान छ ।  

तस्बिर : एजेन्सी

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया