बिमस्टेक सदस्यबीच नै व्यापार न्यून हुनु दुखद : प्रधानमन्त्री ओली

 भदौ १४, २०७५ बिहिबार १६:५३:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेक सदस्य राष्ट्रबीच अत्यन्तै न्यून व्यापार हुनु दुखद भएको बताउनुभएको छ । 

काठमाडौंमा आजदेखि सुरु भएको चौथो बिमस्टेक सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले बिमस्टेक देशबीच व्यापार न्यून रहनु दुखद भएको भन्दै यसलाई बढाउन आग्रह गर्नुभयो । 

सम्मेलनमा ओलीले बिमस्टेकका देशबीच व्यापार गर्दा कर कम लाग्ने वा केही अरु व्यवस्था गरेर भए पनि व्यापार बढाउनुपर्नेमा जोड दिनुभयो । 

बिमस्टेकको एजेन्डा अनुसार नेपाल आतंकवादविरुद्ध अरु देशसँग साझेदारी गर्न तयार रहेको बताउँदै प्रधानमन्त्री ओलीले ७ वटै देशबीच सम्पर्क सञ्जाल स्थापनामा ढिलाइ गर्न नहुने बताउनुभयो । 
 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया