प्रधानमन्त्री ओलीले भने : बिमस्टेक सार्कको विकल्प होइन, परिपुरक हो

 भदौ १४, २०७५ बिहिबार १८:५१:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – बिमस्टेकलाई भारतले सार्कको विकल्पका रुपमा अघि बढाउन चाहेको टिप्पणी भैरहेका बेला प्रधानमन्त्री ओलीले भने बिमस्टेक सार्कको विकल्प नभएको बताउनुभएको छ । 

भारतले सार्कलाई ‘माइनस’ गरेर बिमस्टेकलाई प्राथमिकता दिन खाजेको चर्चा चलिरहेका बेला प्रधानमन्त्री ओलीले सार्कको विकल्प नखोजिएको स्पष्ट पार्नुभएको हो । 

बिमस्टेक सम्मेलनको उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले कुनै पनि देशको विकास र समृद्धिको लागि क्षेत्रीय सहयोग आवश्वयक पर्नेमा जोड दिँदै सार्क र बिमस्टेकको आफ्नै महत्व रहेको बताउनुभएको हो । 

‘नेपाल अर्थपूर्ण क्षेत्रीय सहयोगको पक्षमा छ, सार्क र बिमस्टेक एक अर्काका विकल्प नभएर परिपुरक हुन्, हामी उप–क्षेत्रीय सहयोगको लागि बंगलादेश, भुटान भारत र नेपाल रहेको बीबीआईएनमा पनि प्रतिबद्ध छौँ’, ओलीले सम्बोधनमा भन्नुभएको छ । 

साथै प्रधानमन्त्री ओलीले बिमस्टेकको महासचिवमा बंगलादेशी राजदूत शाहिदुल इस्लामको नियुक्तिको स्वागत गर्दै सफल कार्यकालको कामना पनि गर्नुभयो । 

अब कुरा मात्रै भन्दा पनि कामै गरेर देखाउने बेला आएको बताउँदै यसअघि गरेका वाचाहरुलाई बिमस्टेकले यथार्थमा रुपान्तरण गर्नुपर्नेमा पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया