म्याग्दी : दूधेखोलामा बाढीले एक घर बगायाे, ४५ घर जाेखिममा

 भदौ ७, २०७८ सोमबार १३:६:४२ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – गएरातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लीको दूधेखोलामा एक घर बगाएकाे छ । 

दूधेखोलामा बस्दै आएकी दीपा पुनको घर बाढीले बगाएकाे जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक नवराज केसीले बताउनुभयो ।

पुनको ब्लकले गाह्रो लगाएको र टिनको छाना भएको ६ कोठामध्ये दुई वटा कोठा बगाएको र घरको अन्य कोठाहरु पनि चर्किएको केसीले बताउनुभयो ।

दूधेखोलाकै नारायण पुनको घर र डिल्लीराम थापाको घर पनि बाढीकाे उच्च जोखिममा परेको उहाँले जानकारी दिनुभयो । पहिरोबाट विस्थापित उनीहरुलाई सुरक्षित ठाउँमा सारिएको छ।

यस्तै नारायण पुनको गोठमा बाँधेको दुहुनाे भैँसी खोलामा आएको बाढीले बगाएकाे छ । बाढीपहिरो गएको घटनास्थल दूधेखोला पुगेर फर्किनुभएका प्रहरी निरीक्षक केसीले भन्नुभयो, ‘तत्काललाई दुई वटा घर मात्रै उच्च जोखिममा परेका छन् ।’

बस्तीका अन्य घर पनि जोखिममा परेका उहाँले बताउनुभयो । बाढीबाट मानवीय क्षति भने भएको छैन । मानवबस्ती बाढी र नदी कटानको जोखिममा परेपछि दूधेखोलाका ४५ घरधुरी पहिरोको जोखिममा परेको छन्।

दूधेखोलामा आएको बाढी पहिरोका कारण म्याग्दी खोलालाई धकेलेर तलाउ समेत बनेको प्रहरी निरीक्षक केसीले बताउनुभयो । पहिरोले कटान गर्दा बेनी–बराङ्जा जोड्ने सडक समेत बन्द भएकाे छ । सडक अवरुद्ध भएपछि भकिम्ली, बास्कुना, थामडाँडा र बराङ्जाका कृषकलाई बेनीसम्म दूध र तरकारी ढुवानी गर्न समस्या भएको छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया