खुल्यो पहिरोका कारण बन्द भएकाे बेनी–जोमसोम सडक

 भदौ ९, २०७८ बुधबार २०:३७:१४ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – वर्षाका कारण पहिरो खसेर गएकाे सोमवारदेखि बन्द भएको बेनी–जोमसोम सडक खण्ड आज बुधवारदेखि खुलेको छ । सडकभन्दा माथिबाट ढुङ्गा, माटो, गेगर र लेदोसहितको पहिरो खसेर बन्द भएको सडक पहिरोको अवरोध हटाएपछि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । 

उत्तरी म्याग्दी हुँदै हिमालपारिको जिल्ला मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडक खण्डको विभिन्न चार ठाउँमा पहिरो खसेर तथा खोलामा आएको बाढीले सडक बन्द भएको थियो । म्याग्दीको रघुगंगा गाउँपालिका ३ राहुघाट, अन्नपूर्ण गाउँपालिका ३ दानाकाे जलथले, रुप्से खोला र काभ्रे भिर क्षेत्रको सडकमा खसेको पहिरो पन्छाएपछि सडक खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज केसीले बताउनुभयो । 

यसैगरी पश्चिम म्याग्दीको मंगला, मालिका र धवलागिरि गाउँपालिका हुँदै जलजला–ढोरपाटन भएर रुकुम जोड्ने बेनी–दरबाङ सडक पनि आजदेखि सञ्चालनमा आएको प्रहरी निरीक्षक केसीले जानकारी दिनुभयो । 

बेनी–बागलुङ सडक खण्डअन्तर्गत बेनी नगरपालिकाको खबराको भसभसे र रत्नेचौरको रानीवन क्षेत्रको पहिरो पनि हटाएर सडक खुलाइएको छ ।   

वर्षाले पहिरो खसेर सडकमै रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया