कठिनाई भोगेरै भए पनि बिमस्टेकलाई सफल बनाएकोमा प्रशंसा गर्छु : प्रधानमन्त्री ओली

 भदौ १५, २०७५ शुक्रबार १७:४१:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेक सम्मेलन सफल पार्न नागरिकले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको छ । 

प्रधानमन्त्री ओलीले शुक्रबार ट्वीट गर्दै विभिन्न देशका विशिष्ट अतिथिहरुको स्वागत गर्ने क्रममा राजधानीको सवारी आवागमनमा पुगेको कठिनाईका बाबजुद पनि नागरिकले खेलेको भूमिका सह्रानीय रहेको बताउनु भएको हो ।  

उहाँको ट्वीटमा भनिएको छ, ‘अतिथि देवो भवः हाम्रो गौरवशाली संस्कृति हो । बिमस्टेक सम्मेलनका विशिष्ट अतिथिहरुलाई स्वागत गर्ने क्रममा राजधानीको सवारी आवागमनमा उत्पन कठिनाई झेल्दै सम्मेलन सफल पार्न नागरिकले खेलेको भूमिकाको म उच्च प्रशंसा गर्दछु ।’

साथै यस्ता उच्चस्तरीय कार्यक्रममा समेत आवागमन प्रभावित नहुने गरी दीर्घकालीन भौतिक पूर्वाधार निर्माणमा सरकारले ध्यान दिने पनि उहाँले उल्लेख गर्नुभएको छ । 


   
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया