नेकपा ‘विप्लव समूह’ द्वारा वडा सदस्यको घर कब्जा

 भदौ १५, २०७५ शुक्रबार २०:०:३८ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले माडी गाउँपालिका–१, का वडा सदस्य हरिप्रसाद घर्तीको पेदीखोलामा रहेको घरमा झण्डा गाडेर बिहीबार कब्जा गरेको घोषणा गरेको छ ।

वडा सदस्य घर्तीले वडामा सञ्चालित विभिन्न योजनामा आर्थिक हिनामिना गरेको भन्दै घर कब्जा गरेको नेकपा माडी गाउँपालिकाका ‘जनसत्ता’ प्रमुख सूर्य खड्काले जानकारी दिनुभयो । आर्थिक विवरण सार्वजनिक नगरेसम्म घरजग्गा कब्जा हुने खड्काले बताउनुभयो । विभिन्न योजनाको ४ लाख २४ हजार हिनामिना गरेको नेकपाको आरोप छ ।

यता वडा सदस्य घर्तीले इलाका प्रहरी कार्यालय घर्तीगाउँमा घर कब्जा भएको जाहेरी दिएपछि घरको ढोकामा लगाएको ताला र धुरीमा गाडिएको झण्डा फालिएको इलाका प्रहरी कार्यालय घर्तीगाउँका इन्चार्ज प्रहरी निरीक्षक राजकुमार पहाडीले बताउनुभयो ।
 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया