डाेटी : गौरा पर्वमा भीडभाड नगर्न आग्रह, अटेर गरे कारबाही हुने

 भदौ १५, २०७८ मंगलबार ९:९:५ | विमल बिष्ट
unn.prixa.net

डाेटी - जिल्ला प्रशासन कार्यालय डोटीले गौरा पर्वमा भीडभाड नगर्न आग्रह गरेको छ ।

सूचना प्रकाशित गर्दै कार्यालयले सुदूरपश्चिमको प्रसिद्ध पर्व गौरा आइतवार भित्र्याइएकाले कोरोनाकाे जोखिमलाई मध्यनजर गर्दै भीडभाड नगर्न तथा ठूलो सङ्ख्यामा जमघट नहुन आग्रह गरेको हो ।

जिल्लामा कोरोना जोखिम कायमै रहेको र गौरा तथा तीज पर्व नजिकिएकाले भीडभाड नगर्न आग्रह गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताउनुभयो ।

उहाँले भन्नुभयो, 'गौरा र तीजमा सामान्य पूजा आराधनाबाहेक अन्य भीडभाड हुने खालका कुनै पनि काम नगर्न आग्रह गरेका छौँ । अटेर गर्नेलाई कानुन बमोजिम कारबाही हुने छ ।'

गौरा पर्वको समयमा डाेटीकाे ग्रामीण क्षेत्रमा देउडा खेल्ने तथा मानिसको बाक्लो सहभागिता हुने भएकाले भीडभाडलाई कम गराउन प्रहरीलाई पनि निर्देशन जारी गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया