जापानका प्रधानमन्त्री सुगाले यही महिना राजीनामा दिने

 भदौ १८, २०७८ शुक्रबार १३:४९:६ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – जापानका प्रधानमन्त्री योशिहिदे सुगाले यही महिना राजीनामा दिनुहुने भएको छ । एक वर्षअघि सिन्जो आबेले राजीनामा दिएपछि प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको सुगाले यसै महिना राजीनामा दिने बताउनुभएको बीबीसीले जनाएको छ । 

सुगाले सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को अध्यक्षका लागि पनि प्रतिस्पर्धा नगर्ने बताउनुभएको छ । एलडीपीमा अध्यक्षका लागि सेप्टेम्बर ३० मा चुनाव हुँदैछ । 

जापानमा यही नोभेम्बरमा संसदीय चुनाव हुँदैछ । जापानको संवैधानिक व्यवस्था अनुसार यही नोभेम्बर २८ वा त्यसभन्दा अघि चुनाव गर्नुपर्नेछ । 

कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि प्रभावकारी काम नगरेको भन्दै जापानमा प्रधानमन्त्री सुगाको आलोचना भइरहेको छ । 

पार्टीको कार्यकारी समितिको बैठकमा सुगाले कोरोना भाइरस नियन्त्रणमा ध्यान केन्द्रित गर्न चाहेको र नेतृत्वमा प्रतिस्पर्धा नगर्ने बताउनुभएको एलडीपीका महासचिव तोसिहिरो निकाईलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।   

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया