म्याग्दी : लुलाङमा बाढीले लघु जलविद्युतकाे पावरहाउस बगायो

 भदौ २१, २०७८ सोमबार ११:३१:१० | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका-२ लुलाङमा बाढीले लघु जलविद्युत् परियोजनाको पावरहाउस (विद्युतगृह) बगाएको छ । हिजाेराति परेको ठूलाे वर्षासँगै दरखोलामा आएको बाढीले लघु जविद्युतको पावरहाउस बगाएको हो । 

वर्षासँगै खोला उर्लिएर आएको बाढीले ४५ किलोवाट क्षमताको दोस्रो दरखोला लघु जलविद्युत् परियोजनाको विद्युत् गृह, बाँध र नहर बगाएको धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो । उहाँले दरखोलामा आएको बाढीले कटान गर्दा परियोजनाको संरचनाहरु बगाएको जानकारी दिनुभयो । 

बाढीले खबाङको दोभानमा रहेको बाँध, पाइपलाइन, मरेनीको फेदी र दरखोलाको किनारमा रहेकाे पावरहाउसमा क्षति पुर्याएको धवलागिरि गाउँपालिकाले जनाएको छ । यसअघि २०७२ सालमा पनि जुगेपानीमा आएको पहिरोले विद्युत् गृह र नहर बगाएपछि मरेनीको फेदीमा परियोजना सारिएको थियो भने पछि २०७६ सालमा एक करोड ५० लाख बढीको लागतमा परियोजना बनाइएको थियो । 

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले ८५ लाख र धवलागिरि गाउँपालिकाले ५० लाख रुपैयाँको लगानीमा जलविद्युत् परियोजना निर्माण गरिएको थियो । स्थानीय उपभोक्ताले झण्डै २० लाख रुपैयाँ बराबरको श्रमदान गरेका थिए ।

बाढीले जलविद्युत् परियोजना बगाएपछि लुलाङका ३ सय ७८ घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् । यसैगरी क्षतिको विवरण सङ्कलनका साथै थप जोखिमको आकलन गर्न जनप्रतिनिधि र उपभोक्ता समिति घटनास्थल गएको जनाइएको छ । 

त्यस्तै बाढीले लघु जलविद्युत् परियोजना बगाएको जानकारी आएको बताउँदै जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक नवराज केसीले क्षतिको विवरण सङ्कलन गर्नका लागि ताकम प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थलतर्फ गएको बताउनुभयो ।

उहाँले प्रहरी घटनास्थल पुगेर अध्ययन गरेपछि मात्रै क्षतिको विवरण आउने जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया