‘अध्ययनका लागि जापान जान पाउँ’

 भदौ २१, २०७८ सोमबार २०:३३:६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : 'जापान' ट्वीटर ह्यान्डलबाट

काठमाण्डाै – जापानको प्रवेशाज्ञा (भिसा) पाएर पनि कोभिड–१९ सङ्क्रमणका कारण जान रोकिएका विद्यार्थीले अध्ययनका लागि जान दिन कुटनीतिक पहल गर्न सरकारलाई अनुरोध गरेका छन् । 

प्रतिनिधि सभाकाे शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्ती र शिक्षा सचिव रामप्रसाद थपलियालाई भेटेर विद्यार्थीले जापानी दूतावाससँग संवादमार्फत समाधान खोज्न अनुरोध गरेका हुन् । विद्यार्थीले आफूहरू स्वास्थ्य मापदण्डको पालना गरेर जान पाउनुपर्ने बताएका छन् । 

कोभिड–१९ सङ्क्रमण बढिरहँदा जापान सरकारले सन् २०२० अप्रिलमा विद्यार्थीलाई प्रवेश गर्न रोकेको थियो । जापानका लागि प्रवेशाज्ञा रोकिँदा झण्डै १० हजार विद्यार्थी प्रभावित भएको पीडितले बताएका छन् ।

प्र​​वेशाज्ञा पाइसकेका मध्ये कतिपयको कागजात दूतावासमा रहेको आरके पोखरेलले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Om prakash Paudel

    Sept. 7, 2021, 11:37 a.m.

    मैले पशु स्वास्थ्य विज्ञान पढेको छु, म वर्किंगमा जापान जान चाहान्छु/

  •  0 Reply

तपाईको प्रतिक्रिया