श्रील‌ंकाली राष्ट्रपति सिरिसेनासँग प्रधानमन्त्री अोलीको भेट

 भदौ १६, २०७५ शनिबार २०:४०:३३ | रासस

काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनासँग आज अपराह्न शिष्टाचार भेट गर्नुभयो । 

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनका क्रममा राजधानीमा रहनुभएका राष्ट्रपति सिरिसेनासँग प्रधानमन्त्रीले शिष्टाचार भेट गर्नुभएको हो । 

भेटका अवसरमा उहाँहरुबीच नेपाल, श्रीलङ्का सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचार विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

त्यस अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रीलङ्काका विदेश राज्यमन्त्री वसन्ता सेनानायके, परराष्ट्र सचिव शङ्करदास वैरागी, श्रीलङ्काका लागि नेपाली राजदूत विश्वम्भर प्याकुर्‍याल र नेपालका लागि श्रीलङ्काका राजदूत डब्ल्यू एस परेराको उपस्थिति थियो । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया