संविधान दिवसलाई ‘जनताको दिवस’ बनाउनुपर्छ: प्रम ओली

 भदौ १७, २०७५ आइतबार १६:३१:६ | उज्यालो सहकर्मी

काठमाडाैं - प्रधानमन्त्री केपी ओलीले संविधान दिवसलाई ‘जनताको दिवस’ बनाउनुपर्ने बताउनुभएको छ । 

संविधान दिवस मूल समारोह समितिका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ओलीले जनताको ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त संविधान दिवसलाई ‘जनताको दिवस’ को रुपमा मनाउनुपर्ने आवश्यकता औंल्याउनुभएको हो ।

आइतबार सिंहदरबारमा रहेकाे गृह मन्त्रालयमा आयोजित संविधान दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले आगामी असोज ३ गते मनाउन लागिएको संविधान दिवसलाई भव्यताका साथ मनाउन सबै स्थानीय तहलाई पनि सचेत गराउनुभयो ।

प्रधानमन्त्री ओलीले हिमाल, पहाड, तराई, मधेशको उत्सवको रुपमा संविधान दिवसलाई मनाउनुपर्ने पनि स्मरण गराउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपाल टेलिकमलाई संविधान दिवसको अवसर पारेर एक हप्ताका लागि भएपनि मोवाईल सेवामा सहुलियत दिन पनि आग्रह गर्नुभयो । उहाँले संविधान दिवसका अवसर पारेर समृद्धिका लागि आवश्यक जनचेतना फैल्याउने खालका निबन्ध प्रतियोगितालगायतका कार्यक्रम संचालन गर्न विद्यालयहरुलाई पनि आग्रह गर्नु भयो ।

प्रधानमन्त्री ओलीले संविधान दिवसको अवसर पारेर संविधानको पुस्तकको आकारमा ढुंगाको स्मारक बनाउन पनि मातहतका निकायलाई निर्देशन दिनु भयो । नयाँ ढंगबाट संविधान दिवस मनाउन सबै पक्ष लाग्नुपर्ने प्रधानमन्त्री ओलीको जोड छ ।

यस वर्षको संविधान दिवसलाई सफल बनाउन प्रधानमन्त्री ओलीको अध्यक्षतामा मूल समारोह समिति र त्यस अन्तरगत प्रचारप्रसार उपसमिति, मञ्च सजावट तथा मञ्च व्यवस्था उपसमितिलगायतका उपसमितिहरु गठन गरिएको छ । राष्ट्रपति विद्या भण्डारीको उपस्थितिमा असोज ३ गते सैनिक मञ्च, टुँडिखेलमा आयोजना हुने विशेष समारोहलाई प्रधानमन्त्री एवम् संविधान दिवस मूल समारोह समितिका अध्यक्ष केपी ओलीको सम्बोधन गर्नुहुनेछ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया