वर्षाले बिग्रिएका डोटीका सडक अझै सञ्चालनमा आएनन्

 असोज ८, २०७८ शुक्रबार २०:२४:२७ | विमल बिष्ट
unn.prixa.net

डोटी – वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो गएर बन्द भएको डोटीको कपल्लेकी–नापानी हुँदै गड्सेरा जोड्ने सडक नखुल्दा नागरिकलाई समस्या हुँदै आएको छ । गएको साउन, भदौ महिनामा परेको पानीका कारण यस सडक खण्डका विभिन्न ठाउँमा पहिरो आएर सडक बन्द भएको हाे । सडक अझै नखुल्दा दैनिक उपभोग्य वस्तु किन्न र आफूले उत्पादन गरेका वस्तु बजारसम्म लैजानसमेत कठिन भएको जोरायल गाउँपालिका ५ का स्थानीयवासी डम्बरबहादुर विष्टले बताउनुभयो ।

पहिराेले सडक बिग्रिएको दुई महिना भइसक्यो, खोल्नका लागि कुनै पहल भएको छैन, मान्छे बिरामी पर्दासमेत अस्पताल लैजान सक्ने अवस्था छैन’, उहाँले भन्नुभयो । बन्द भएको सडक खुलाउनका लागि स्थानीयवासीले पटक–पटक शिखर नगरपालिका, जोरायल गाउँपालिका तथा डिभिजन सडक कार्यालय दिपायलमा आग्रह गर्दासमेत कुनै पहल नभएको जोरायल गाउँपालिका ५ का प्रकाशबहादुर रावलले बताउनुभयो । 

सडक नखुल्दा गाउँमा उत्पादन भएका साग, तरकारी तथा फलफूल बजारसम्म लैजान नपाउँदा बारीमै कुहिन थालेको स्थानीयवासी लालबहादुर सार्कीले बताउनुभयो । यसैगरी सडक बन्द भएपछि गाउँमा गाडी नजाँदा दैनिक उपभोग्य वस्तुको मूल्यसमेत आकासिएको उपभोक्ताहरूको गुनासो छ । गाउँमा गाडी नआउने र एक दिनको पैदल दुरीबाट सामान बोकेर ल्याउनुपरेका कारण दैनिक उपभोग्य वस्तु महँगिएको शिखर नगरपालिका १ नापानीका व्यापारी रामबहादुर बोगटीले बताउनुभयो । 

यसैबीच हप्ता दिनभित्रमा यो सडक नखुलाए आन्दोलन गर्ने स्थानीयवासीले चेतावनी दिएका छन् । सडक बन्द हुँदा सदरमुकाम आउजाउ गर्न घण्टौँ टाढा पर्ने कैलालीको शिवनगर तथा डोटीको भीमदत्त राजमार्गको बाटो प्रयोग गर्न बाध्य भएको स्थानीयवासी ललित विष्टले जानकारी दिनुभयो । डिभिजन सडक कार्यालय दिपायलय कुल्पातेले दिपायल–नापानी हुँदै गड्सेरा जोड्ने सडक शिखर नगरपालिका मातहत भएका कारण त्यो सडक खोल्न नगरपालिकाले नै पहल गर्नुपर्ने बताएको छ । 

शिखर नगरपालिका १ का वडाध्यक्ष खडकबहादुर शाहीले वर्षाका कारण बिग्रिएको सडक खुलाउनका लागि डोजरको माग गरी अवश्यक पहल भइरहेको बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया