गौरा पर्वमा प्रधानमन्त्री ओलीको शुभकामना शन्देश

 भदौ १८, २०७५ सोमबार ६:३८:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालकाविभिन्न साँस्कृतिकपर्वहरुले नेपालीहरुलाई  एकतावद्ध गराउने काम गरेको बताउनुभएको छ ।

गौरापर्वको अवसरमा सोमबार शुभकामना सन्देश दिँदै  प्रधानमन्त्री ओलीले नेपालको जातीय र साँस्कृतिक विविधतालाई आपसीद्वन्द्वमा रुपान्तरण गर्ने दुष्प्रयासलाई नेपालीले सधैं परास्त गरेको स्मरण गर्नुभयो ।
विशेषगरी कर्णाली र ७ नं प्रदेशमा मनाइने यस पर्वले नेपालको साँस्कृतिक एकतालाई थप बलियो बनाएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा भन्नुभएको छ “नेपालका विभिन्न भाषा, संस्कृति, भेषभुषा, रीतिरिवाज, र संस्कारले विविधताबीच नै एकता, आपसीसम्बन्ध र सामाजिक सद्भावको सम्मिलन गराएका छन् ।”

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया