‘सीआईडी हौँ’ भन्दै ट्रक नियन्त्रणमा लिने ६ जना पक्राउ

 असोज ११, २०७८ सोमबार १९:२९:५ | किरण लोहनी
unn.prixa.net

गोरखा – नक्कली प्रहरी बनेर मध्यरातमा ट्रक नियन्त्रणमा लिने ६ जनालाई जिल्ला प्रहरी कार्यालय गोरखाले नियन्त्रणमा लिएको छ ।

आबुखैरेनी गोरखा सडक खण्डको बाह्रकिलो बजार नजिकै उनीहरूले सोमवार राति दुई वटा मालवाहक ट्रक नियन्त्रणमा लिइ सामानमा क्षति पुर्‍याएका थिए । उनीहरूले गोरखा सदरमुकाम आउँदै गरेको ना ६ त ४५६ र ना ६ ख ५५०१ नम्बरको दुई वटा मालवाहक ट्रक नियन्त्रणमा लिएर जाँच गरेका थिए ।

राति दुई बजेतिर उनीहरूले प्रहरीको सीआईडी हौँ भन्दै जबरजस्ती मालवाहक गाडी नियन्त्रणमा लिने, धाकधम्की दिने, सहचालकको मोबाइल खोस्ने र ट्रकमा भएको सामानमा समेत क्षति पुर्‍याएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी प्रकाश दाहालले बताउनुभयो । 

घटनामा संलग्न गोरखा नगरपालिका ११ का २० वर्षीय निरञ्जन तामाङ, त्यही ठाउँका २१ वर्षीय निरज कोइराला र १९ वर्षका सुरज तामाङलाई घटनास्थलबाट गए राति नै  पक्राउ गरिएको हो । घटनापछि फरार रहेका त्यही ठाउँका २० वर्षीय ओमराज गुरुङ, मनोज तामाङ र रिकेश कुँवरलाई आज बिहान पक्राउ गरिएको दाहालले बताउनुभयो ।

पक्राउ परेका ६ जनाविरुद्ध सार्वजनिक हितविरुद्धको कसुरअन्तर्गत जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरी हिरासतमा राखेर अनुसन्धान गर्नका लागि १० दिनको म्याद लिइएको डीएसपी दाहालले बताउनुभयो । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया