जापानको सत्तारुढ दलको अध्यक्षमा किशिदा निर्वाचित, ‘चाँडै प्रधानमन्त्री बन्ने’

 असोज १३, २०७८ बुधबार २०:३३:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जापानको सत्तारुढ दलको नयाँ अध्यक्षका रूपमा फुमिओ किशिदा निर्वाचित हुुनुभएको छ । लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) को निर्वाचन समितिले आज बुधवार उहाँलाई निर्वाचित भएको घोषणा गरेको हो । 

जापानका पूर्व विदेश मन्त्री समेत रहनुभएका किशिदाले २५७ मत ल्याएर जित हासिल गर्नुभएको निर्वाचन समितिले जनाएको छ । उहाँका प्रतिस्पर्धी तारो कोनोले भने १७० मत ल्याउनुभएको थियो । 

नव निर्वाचित अध्यक्ष किशिदा पार्टीको संसदीय दलको अध्यक्षमा समेत निर्वाचित भइ प्रधानमन्त्रीसमेत हुने सम्भावना रहेको छ । आउँदाे अक्टोबर ४ तारिखका दिन उहाँ प्रधानमन्त्रीमा निर्वाचित हुने देखिएको अधिकारीहरूले जनाएका छन् । उहाँले वर्तमान प्रधानमन्त्री योशिहिदे सुगालाई विस्थापित गर्नुहुने छ । सुगाले पार्टी अध्यक्षमा उम्मेदवारी नदिएपछि किशिदाले निर्वाचित हुने मौका पाउनुभएको हो ।

सरकारलाई प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेको र कोरोना भाइरसको महामारीको सन्तोषजनक व्यवस्थापन गर्न नसकेको भन्दै आलोचना भएपछि सुगाले प्रधानमन्त्रीबाट आफैँ पछि हट्ने निर्णय गर्नुभएको हो । उहाँ प्रधानमन्त्री भएको झन्डै एक वर्षमै बिदा हुन लाग्नुभएको छ । 

नवनिर्वाचित अध्यक्ष किशिदा अहिले ६४ वर्षको हुनुभएको छ । उहाँको जन्म टोकियोकै शिबुया सहरमा भएको हो । उहाँ सन् १९९३ देखि प्रतिनिधि सभाको सदस्य रहँदै आउनुभएको छ । सन् २०१२ देखि २०१७ सम्म विदेश मन्त्री बन्नुभएका किशिदा आफ्नो पार्टीको नीति अनुसन्धान परिषद्को अध्यक्ष पनि हुुनुभएको थियो । 

जापानको राजनीतिक परिवारका सदस्य किशिदाका बुबा र हजुरबुबासमेत प्रतिनिधि सभाको सदस्य हुनुहुन्थ्यो । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया