साफ च्याम्पियनसिप फुटबलमा नेपालको विजयी सुरुवात

 असोज १६, २०७८ शनिबार ६:३८:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - साफ च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । माल्दिभ्सको मालेमा गएराति भएको खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गर्दै सुखद सुरुआत गरेको हो ।

नेपाललाई जित दिलाउन मनिष डाँगीले निर्णायक गोल गरे । यस जितसँगै नेपालले पहिलो खेलमा महत्त्वपूर्ण ३ अङ्क जोडेको छ । माल्दिभ्सले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । नेपालले माल्दिभ्सविरुद्ध २०१८ को साफमा बेहाेरेकाे हारको बदला समेत लिएको छ ।

ढाकामा भएको त्यस संस्करणको साफको सेमिफाइनलमा नेपाल ३–० ले पराजित भएको थियो । नेपालले २२ वर्षपछि माल्दिभ्सलाई हराएको हो । 
 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया