साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र बङ्गलादेश खेल्दै

 असोज २७, २०७८ बुधबार ६:५९:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - साफ च्याम्पियनसिप फुटबलमा फाइनल प्रवेशका लागि आज नेपाल र बङ्गलादेश खेल्दैछन् ।

मालेमा रहेको राष्ट्रिय रङ्गशालामा नेपाल र बङ्गलादेशबीचको खेल दिउँसो पौने ५ बजे सुरु हुनेछ । नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनल यात्रा तय गर्न सकेको छैन । तर, बङ्गलादेशविरुद्ध बराबरी वा जितको नतिजाले नेपाल पहिलो पटक साफको फाइनलमा पुग्नेछ ।

साफमा सेमिफाइनलसम्मको यात्रा नेपालको ठूलो उपलब्धि हो  । श्रीलङ्काले चार खेल खेल्दा अन्य टोलीले तीन/तीन खेल खेलेका छन् । लिग तालिकामा समान ६ अङ्क भए पनि गोल अन्तरको आधारमा आयोजक माल्दिभ्स शीर्ष स्थानमा उक्लिँदा भारतसँगको पराजयले नेपाल दोस्रो स्थानमा झरेको छ ।

साफ च्याम्पियनसिपमा नयाँ इतिहास रच्ने सङ्घारमा नेपाली टोली छ । अब नेपाललाई फाइनल पुग्न मात्र एक अङ्कको आवश्यकता छ । नेपालले सुरुआती दुई खेलमा लगातार जित निकालेको थियो । माल्दिभ्सलाई १–० ले हराएको नेपालले श्रीलङ्कालाई ३–२ ले हराएको थियो ।

तर, नेपाल भारतसँग १–० ले पराजित भएको थियो । आज  नै भारतले माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।  
 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया