एसियन कप छनोटमा नेपालले आज इरानसँग खेल्दै

 कात्तिक ८, २०७८ सोमबार ९:३१:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - २३ वर्ष मुनिको एएफसी एसियन कप छनोटमा नेपालले आज इरानसँग खेल्दैछ ।  

खेल ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा बेलुका पौने ५ बजे हुनेछ । नेपाल आज सुखद सुरुवात गर्ने दाउमा छ । तर, बलियो टिम इरानलाई हराउन त्यति सजिलो भने छैन । नेपालले २३ वर्ष मुनिको एसियन कप छनोटमा इरानसँग दोस्रो पटक खेल्न लागेको हो ।

यसअघि नेपालले सन् २०१५ मा इरानसँग उसैको घरेलु मैदानमा खेलेको थियो । त्यतिबेला नेपाल ५–० ले अन्तरले पराजित भएको थियो । नेपाली टिमका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले छनोटमा राम्रो नतिजा निकाल्न तयार रहेको बताएका छन् ।

उनले विपक्षी टोली बलियो भए पनि आफूहरुले जितका लागि सक्दो प्रयास गर्ने बताएका छन् ।  छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा इरानसँगै आयोजक ताजिकिस्तान र लेबनान छन् ।

नेपालले दोस्रो खेलमा ताजिकिस्तानसँग आउँदो बिहीवार खेल्ने छ भने आइतवार लेबनानसँग खेल्नेछ । समूहको शीर्ष टोलीले एसियन कप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि एसियन कपमा छनोट हुनेछन् ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया