वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन रामेछापका जनप्रतिनिधिको ऐक्यबद्धता

 भदौ २१, २०७५ बिहिबार १७:१०:२०

सागर बिक्रम बस्नेत/रामेछाप ।

रामेछाप – वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन रामेछापका जनप्रतिनिधिले ऐक्यवद्धता जनाएका छन् ।

विदेश गएकाहरु समस्यामा पर्ने क्रम बढेको भन्दै जिल्लाका सबै स्थानीय तहका जनप्रतिनिधिले वैदेशिक रोजगारीलाई सुरक्षित र भरपर्दो बनाउन ऐक्यवद्धता जनाएका हुन । 

सुरक्षित आप्रवासन सामी परियोजनाका साझेदार संस्था सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटार, चारघरे सेवा समिति र नगरपालिका तथा गाउँपालिकाका प्रतिनिधिबीच भएको छलफलमा जनतिनिधिले यस्तो प्रतिवद्धता जनाएका हुन् । 

आठ वाट स्थानीय तहमध्ये मन्थली नगरपालिकाले यस अघि नै १५ लाख रुपैयाँ र दोरम्बा गाउँपालिकाले १० लाख रुपैयाँ वार्षिक नीति तथा कार्यक्रम मार्फत स्वीकृत गरिसकेका छन् ।  अन्य छ वटा स्थानीय तहले पनि जगेडा कोष र समपुरक कार्यक्रमबाट खर्च गर्ने गरी बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाएका छन् । 

बैठकलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले रामेछाप जिल्लाबाट विदेश जानेको संख्या बढ्दो क्रममा रहेको भन्दै सुरक्षित वैदेशिक रोजगारीका लागि स्थानीय तहले नै अभियान चलाउनु पर्ने बताउनुभयो ।

यस्तै, मन्थली नगरपालिका मेयर रमेशकुमार बस्नेतले आफ्नो नगरपालिकाले १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको बताउँदै सबै गाउँपालिकाहरुले बजेट विनियोजन गर्ने हो भने वैदेशिक रोजगार सम्बन्धी कार्यक्रम सञ्चालन गर्न समस्या नहुने बताउनुभयो ।

वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताको अनत्य नभएसम्म सुरक्षित वैदेशिक रोजगारीका लागि स्थानीय तहले नै सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने अरु जनप्रतिनिधिको भनाई थियो ।

नगरपालिका र श्रम तथा रोजगार, सामाजिक सुरक्षा मन्त्रालयबीच सम्झौता नभएसम्मको लागि समन्वय र कार्यविधि निर्माणको जिम्मेवारी समन्वय समितिले नै लिने पनि बैठकले निर्णय गरेको छ । 

स्वीस सरकारको सहयोगमा ५ वर्षदेखि जिल्लामा सूचना तथा परामर्श केन्द्रका साथै वैदेशिक रोजगार सम्बन्धी चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको सामी परियोजना भदौ मसान्तबाट बाहिरिने भएपछि परियोजना मार्फत सञ्चालित कार्यक्रम अब स्थानीय सरकारले नै सञ्चालन गर्ने भएको हो । 
 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया