डोटीमा बालविवाह न्यूनीकरण गर्न मतदान

 मंसिर १७, २०७८ शुक्रबार १३:४४:६ | विमल बिष्ट
unn.prixa.net

डाेटी - दिपायल सिलगढी नगरपालिका–८ लडागडामा बालविवाह न्यूनीकरणका लागि मतदान गरिएको छ । यस वडामा उमेर नपुग्दै विवाह गर्ने क्रम बढेपछि राेकथामका लागि बालबालिकालाई सानै उमेरमा विवाह गर्नु राम्रो या नराम्रो भन्नेबारे जानकारी लिन मतदान गरिएको हो । 

बालविवाहबारे सचेत गर्ने उद्देश्यले मतदान गराइएकाे हाे । 

‘गुड नेभर्स इन्टरनेशनल, नेपाल’ र सामुदायिक विकास केन्द्रको आयोजनामा विद्यालयमा मतदान गरिएको हो । विद्यार्थी उत्साहित भएर मतदानमा सहभागी भएका सुनादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक नवराज पाठकले बताउनुभयो । बालविवाह उचित नभएको कक्षा १० की छात्रा गङ्गा कडायतको भनाइ छ । 

उहाँले भन्नुभयो, 'बालविवाह गर्नु गलत हो भन्ने सबैले बुझेका छन्, तर अभिभावकको दबाबका कारण बालविवाहले प्रश्रय पाएको छ ।' मतदानमा १४५ छात्र र १४२ छात्रासहित २८७ विद्यार्थी सहभागी थिए । महिला र पुरुषको उमेर २० वर्ष नपुगी विवाह गर्नुहुँदैन भन्ने कानुनी व्यवस्था छ । तर अभिभावकको करकापले प्रायजसाे बालबालिकाले २० वर्ष उमेर नपुगी विवाह गर्दै आएका छन् । 

बालविवाह अन्त्यका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट पहल भइरहेकाे छ । 'बालविवाहको असरबारे अभिभावकलाई ज्ञान हुनु जरुरी छ', सामुदायिक विकास केन्द्रका सूचना अधिकारी एकराज बडुले भन्नुभयो। उच्च शिक्षा अध्ययन गर्न नसकेपछि यहाँका बालबालिका बीचमै पढाइ छोड्न बाध्य छन्।

उनीहरु कोही विदेश जान्छन् भने कतिपयले विवाह गर्ने चलन बढ्दै गएको उहाँको भनाइ छ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया