मन्त्रीहरु आजै फेरिँदैछन्, भोलि नै फेरिँदैछन् भन्ने हल्ला मात्रै हो : प्रधानमन्त्री ओली

 भदौ २३, २०७५ शनिबार १३:०:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले  वर्तमान सरकारका मन्त्रीहरुले राम्रो काम गरिरहेको बताउनुभएको छ ।

जिल्ला समन्वय समिति महासंघ नेपालको प्रथम राष्ट्रिय भेलालाई उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मन्त्रीहरुकाे काम राम्राे भएकाे बताउनुभएको हो ।

‘सरकारका सबै मन्त्रीहरुले राम्रो काम गरिरहेका छन् । मन्त्रीमण्डल आजै परिवर्तन हुँदैछ, भोलि नै परिवर्तन हुँदैछ भन्ने हल्लाहरु हुन्’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘मन्त्रीमण्डल अहिले परिवर्तन हुँदैन ।’

प्रधानमन्त्री ओलीले नेपालले अब चीनसँग आवश्यक हुने नाका प्रयोग गर्न सक्ने बताउनुभएको छ ।

‘नेपाल चीन प्रोटोकल सहमतिमा टुंगिएको छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अब नेपालले चाहिने जति नाका,चाहिने जति सडक प्रयोग गर्न पाउने भयो । यो असाधारण खुशीको कुरा हो ।’

प्रधानमन्त्री ओलीले राजनीतिक अधिकारको लडाईं सकिएकोले अब विकास र समृद्धिको यात्रामा सबै एकताबद्ध भएर लाग्नु पर्ने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले सरकार नयाँ संकल्पका साथ अघि बढेको पनि स्पष्ट पार्नुभएको छ ।

‘मुलुकलाई विखण्डन तर्फ लैजाने प्रयास भएका छन् । मुलुकमा वितण्डा मच्चाउन खोजिएको छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामीले विविधताका बीचमा उत्तिकै समानता खोज्नु पर्दछ । गलत तत्वहरुको चलखेललाई रोक्नु पर्दछ ।’

प्रधानमन्त्री ओलीले जिल्ला समन्वय समितिलाई प्रभावकारी ढंगले सञ्चालन गरिने बताउनुभएको छ । ‘मुलभूत रुपमा यसको काम जिल्ला भित्रका स्थानीय तहको समन्वय गर्ने हो’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यो काम प्रभावकारी ढंगले हेर्नुहोस । जिससको अधिकार तपाईंहरुको भूमिका,कार्यक्षमता,सक्रियताले स्थापित गर्ने हो ।’ संघीय सरकारले जिससलाई गर्ने सहयोगमा कुनै कमी नहुने प्रधानमन्त्री ओलीको भनाइ छ ।

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया