आईसीटी अवार्ड सम्पन्न, १२ विधामा विभिन्न संस्था र व्यक्तिलाई अवार्ड

 पुस ३, २०७८ शनिबार १६:३:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित आईसीटी अवार्ड, २०२१ सम्पन्न भएको छ । लिभिङ विथ आईसीटी म्यागेजिनको आयोजना काठमाण्डौको सोल्टी होटलमा भएको अवार्डमा १२ विधा समावेश थिए ।

यस वर्षको स्टार्टअप आईसीटी अवार्ड खेती भेञ्चरलाई प्रदान गरिएको छ । त्यस्तै प्रडक्ट आईसीटी अवार्ड मिखालाई प्रदान गरिएको छ । राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड मशुरलाई प्रदान गरिएको छ । स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार विधामा विभिन्न चरणको छनोट पश्चात पब्लिक भोटिङ गरिएको थियो ।

त्यस्तै व्यक्तिलाई प्रदान गरिने आन्टरप्रेनर आईसीटी अवार्ड दिपेश प्रधानलाई,  पायोनियर आईसीटी अवार्ड मनोहर कुमार भट्टराई र वुमन आइकन आईसीटी अवार्ड गुण केशरी प्रधानलाई प्रदान गरिएको छ । 

संस्थाहरूलाई प्रदान गरिने डिजिटल एजुकेशन आईसीटी अवार्ड कालिका मावि बुटवललाई र ललितपुरको रातो बंगला स्कुललाई, डिजिटल सर्भिसेस अवार्ड नेपाल क्लियरिङ हाउस लिमिटेड र भूमि व्यवस्था तथा अभिलेख विभागलाई वितरण गरिएको छ । त्यस्तै पब्लिक च्वाइस आईसीटी अवार्ड बगभीलाई प्रदान गरिएको छ ।

यस वर्ष अवार्डको लागि चार सय बढीको अनलाइन आवेदन प्राप्त भएको थियो भने ४ महिनासम्म छनौट प्रक्रिया सञ्चालन भएको थियो । 
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया