एनसेलले ल्यायो आगमन कलमा कुरा गर्दा ट्याबलेट पाइने योजना

 माघ १८, २०७८ मंगलबार २०:२८:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एनसेलका ग्राहकले आफ्ना परिवारजन, साथीभाइ र आफन्तले मलेसियाबाट गरेको कलमा कुरा गर्दा ट्याबलेट जित्ने मौका पाउने भएका छन् । एनसेल आजियाटा लिमिटेडले चिनियाँ नयाँ वर्षको अवसरमा मलेसियन दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूसँगको सहकार्यमा यो आकर्षक योजना ल्याएको हो ।

यो योजना आज मङ्गलवार (माघ १८) देखि सञ्चालनमा आउने र १० दिनसम्म सञ्चालनमा रहने एनसेलले जनाएकाे छ । यो योजना अवधिमा मलेसियाबाट आउने आगमन कलमा सबैभन्दा धेरै कुरा गर्ने तीन जना ग्राहकले एक/एक वटा फिल्पकेस र टी–पेन सहितको टीसीएल ट्याब टेनएस पाउनेछन् ।

ग्राहकले उठाएको आगमन कलको कुल सङ्ख्या, औस  कल समय र कुल कुराकानी गरेको मिनेटको आधारमा तीन जना विजयी ग्राहकको नाम छानिने छ । मलेसियाको डीजी, यू मोबाइल, सेलकम र माक्सिस मोबाइल सेवा प्रदायकको सिम कार्ड प्रयोगकर्ताका नेपालमा रहेका आफ्ना परिवारका सदस्य, आफन्त वा साथीभाइले यो आकर्षक योजनाको लाभ लिनका साथै ट्याब जित्ने मौका पाउने कम्पनीले जनाएकाे छ ।

मलेसियाबाट आउने आगमन कलमा कम्तीमा दुई मिनेट कुरा गर्ने ग्राहक यो योजनामा सहभागी हुन योग्य हुनेछन् । मलेसियाबाट आउने कलमा कुरा गर्ने ग्राहकलगायत अन्य देशबाट आएको कलमा कुरा गर्ने एनसेलका ग्राहकले हरेक अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा २० रुपैयाँसम्म बोनस पनि प्राप्त गर्नेछन् ।

ग्राहकहरूले १७१२६ डायल गरी सजिलै यो सेवा निःशुल्क सुरु गर्न सक्छन् । यसरी प्राप्त बोनस तीन दिनका लागि मान्य हुनेछ । ग्राहकले याे बोनस एनसेलको नेटवर्कभित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउनसमेत प्रयोग गर्न सक्छन् ।

यस ट्याबलेट योजनाका विजयी ग्राहकलाई एनसेलको कर्पोरेट कार्यलय एनसेल आइकन, लैनचौर र काठमाण्डाैबाहिर रहेका एनसेल सेन्टरबाट ग्राहकको सुविधाअनुसार ट्याबलेट हस्तान्तरण गरिनेछ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया