मापदण्ड भन्दा धेरै चुनढुङ्गा निकाल्ने र राजस्व छल्ने पाल्पाका २ उद्योग बन्द

 माघ १९, २०७८ बुधबार ८:२२:२६ | देव पचभैया
unn.prixa.net

काठमाण्डाै – मापदण्ड भन्दा धेरै बढी चुनढुङ्गा निकालेर राजस्व छल्ने पाल्पाका २ उद्योग बन्द भएका छन् । सिद्धार्थ मिनिरल्स प्रालि र डोलोमाइड चुनढुंगा उद्योग प्रालि बन्द भएका हुन् ।

वन तथा भूसंरक्षण विभागले मापदण्ड विपरीत चलेका खानी बन्द गर्न भनेपछि डिभिजन वन कार्यालय पाल्पाले खानी सञ्चालनमा रोक लगाएको हो  । जिल्ला वन कार्यालय, पाल्पाका प्रमुख दीपक ज्ञवालीका अनुसार बढी चुनढुंगा उत्खनन गरेर राजस्व छली गरेका अन्य दुई सर्वोेत्तम सिमेन्ट लिमिटेड र कन्चन क्वारिज प्रालि भने अहिले पनि सञ्चालनमा छन् । खानी विभागले स्वीकृति दिएको भन्दा अत्याधिक चुनढुंगा उत्खनन गरेर राज्यलाई राजस्व नतिरी घाटा गराएको प्रमाणका आधारमा अख्तियारमा मुद्दा दायर भएपनि सर्वोेत्तम सिमेन्ट लिमिटेड र कन्चन क्वारिज सञ्चालन भैरहेको पाइएको छ ।

आर्थिक वर्ष २०७४/०७५ तथा ०७५/०७६ मा मापदण्ड भन्दा बढी चुनढुंगा उत्खनन गरेका पाल्पाका ४ खानी उद्योगले झण्डै ७४ करोड बढी रावस्व ठगी गरेको प्रमाणका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर भएको छ । खानी विभागका महानिर्देशक रामप्रसाद घिमिरे उपमहानिर्देशक रहँदा बनेको छानविन समितिले दिएको प्रतिवेदन अनुसार तिनाउ गाउँपालिकाको श्रीडाँडामा सञ्चालित सिद्धार्थ मिनिरल्स प्रालिबाट ४९ करोड ४५ लाख ५१ हजार रुपैयाँ राजस्व असुल गर्नुपर्नेछ । अनुसन्धानपछिको प्रतिवेदनले तिनाउँकै कचलमा सञ्चालित सर्वोेत्तम सिमेन्ट प्रालिले १६ करोड ५५ लाख २४ हजार, तिनाउकै डोलोमाइड चुनढुंगा प्रालिले ५ करोड ४३ लाख २१ हजार र कञ्चन क्वाररिजले ३ करोड ८ लाख ६९ हजार रुपैयाँ राजस्व तिर्नुपर्ने उल्लेख छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया