प्रधानमन्त्रीद्वारा तीजको शुभकामना

 भदौ २७, २०७५ बुधबार ९:४५:१२ | रासस
unn.prixa.net

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका तीजको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ । 

प्रधानमन्त्री ओलीले आज शुभकामना सन्देश दिनुहुँदै तीज पर्वले सम्पूर्ण महिलालाई एकताबद्ध भएर अगाडि बढ्न प्रेरणा मिलोस् भन्नुभयो । नेपालजस्तो बहुसांस्कृतिक, बहुधार्मिक तथा बहुजातीय देशमा मनाइने विभिन्न चाडपर्वले आम नेपालीलाई एक सूत्रमा बाँध्न सहयोग गर्ने प्रधानमन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ ।

तीज पर्वलाई समयानुसार परिस्कृत गरे पनि यसको मौलिकतालाई कायम राख्नुपर्ने प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो । “तीज पर्वको मौलिकतालाई बिर्सेर यसलाई भड्किलो र खर्चिलो बनाउनेतिर लाग्नु हुँदैन”, प्रधानमन्त्रीले सन्देशमा भन्नुभएको छ, “यस पर्वले कहीँ न कहीँ महिला स्वतन्त्रताको इतिहास बोकेको छ । यसलाई त्यसै रुपमा जोगाएर लैजानु पर्दछ ।” 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया