विदेशी पर्यटकलाई नेपाली नागरिक सरह हवाइ भाडा छुट दिने सहमति

 फागुन ११, २०७८ बुधबार १३:७:१३ | विमल बिष्ट
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – नेपालमा विदेशी पर्यटकहरु भित्र्याउन हवाइ भाडा छुट दिने गरि सहमति भएको छ । पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति तथा बुद्ध एअरलाइन्स प्रालि र यति एअरलाइन्स प्रालिबीच विदेशी पर्यटकलाई नेपाली नागरिक सरह आन्तरिक हवाइ उडानमा भाडा छुट दिने सहमति भएको हो ।


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यतामा गएको माघ २ गते गठन भएको पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समितिले विदेशबाट आउने पर्यटकहरुलाई नेपाली नागरिक सरह (आन्तरिक हवाइ उडानको भाडामा) छुट दिने सहमति गराएको हो । 

यसैगरी पर्यटन क्षेत्र पुनरुत्थानमा सहयोग गर्न होटल संघ नेपालले संस्थागत निर्णय गरी कम्तीमा पनि २० प्रतिशतसम्म होटलको कोठा भाडामा अन्तर्राष्ट्रिय पर्यटकहरुलाई छुट दिने निर्णय गरेको छ ।    

विदेशबाट आउने नागरिकलाई हवाइ भाडा चर्को भएको गुनासो बढेपछि समिति तथा एअरलाइन्सबीच हवाइ भाडामा छुट दिने सहमति भएको समितिका संयोजक राजाराम गिरीले बताउनुभयो । उहाँले भन्नुभयो, “विदेशबाट आउने पर्यटकलाई नेपाली नागरिक सरह भाडामा छुट दिने हाम्रो प्रयासमा दुइ हवाइ कम्पनीले सहमति गरेका छन्, अन्य हवाइ कम्पनीसँग पनि छलफल बढाएका छौँ, उहाँहरुले पनि छुट दिनु हुने छ ।” 

यतिमात्र नभइ उक्त समितिले कोरोना भाइरस (कोभिड १९) को प्रभावका कारण थला परेको उद्योग, पर्यटन क्षेत्रको पुनरुत्थान गर्न सरोकारवालासँग समन्वय तथा सहकार्य गरी नीतिगत राय, परामर्श र सल्लाह सुझाव उपलव्ध गराउनका लागि आह्वान गरेको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया