कुम्भकर्ण हिमालको आधार शिविर क्षेत्रमा फोहर सङ्कलन
कात्तिक १५, २०८१ बिहिबार
सप्तरी – सप्तरीमा स्वाइन फ्लु र हङकङ फ्लुबाट ३ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा कञ्चनरूप नगरपालिका वडा नं–७ का १४ वर्षीय दिवश बस्नेत, वडा नं–३ का १४ वर्षीय किशोर राम र वडा नं–९ का १४ वर्षीय आमोदकुमार राम छन् ।
केहीदिन अघि कञ्चनरुप र हनुमाननगर नगरपालिकामा केही दिनदेखि देखिएको रुघाखोकी र ज्वरोका बिरामीमा ’एचवानएनवान’ (स्वाईन फ्लु) र ’एचथ्रिएनटु’ (हङकङ फ्लु)को भाइरस फेला परेको थियो ।
कञ्चनरुप नगरपालिकाका १८ तथा हनुमाननगर नगरपालिकाका ६ गरी २४ जनामा गरिएको परीक्षणका क्रममा १ जनामा स्वाइनफ्लु र १० जनामा हङकङ फ्लु फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख निरन्जन प्रसाद यादवले जानकारी दिनुभयो ।
८ जनाको रिपोर्ट आउन अझै बाँकी छ । भदौ २४ गतेदेखि तीन दिनसम्म सञ्चालन गरिएको स्वास्थ्य शिविरमा जम्मा १ हजार १ सय २२ जनाले स्वास्थ्य परीक्षण गराएका थिए । जसमध्ये २४ जनाको रगत र र्याल परीक्षणका लागि काठमाडौको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।
परीक्षणमा कञ्चनरुप नगरपालिका ७ बलुवाका ६० वर्षीय हरिलाल साहलाई स्वाइन फ्लुको संक्रमण भएको तथा कञ्चनरुपका अन्य ४ जना तथा हनुमाननगरका ६ जनामा हङकङ फ्लु फेला परेको यादवले जानकारी दिनुभयो ।
ज्वरो र रुघाखोकीका बिरामी बढ्दै गएपछि कञ्चरुप तथा हनुमाननगर क्षेत्रमा स्वास्थ्य शिविर स्थापना गरी बिरामीको रगत र र्याल परीक्षण गरिएको थियो ।
एकपछि अर्को गर्दै लगातार बिरामीको संख्या थपिँदै गएपछि स्थानीयहरु त्रसित भएका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय लगायतका सरोकारवाला निकायले भने सबै मृतककको मृत्युको कारण स्वाइन फलु नै भएको किटेर भन्न सकिने अवस्था नरहेको बताउँछन् ।
‘मृत्यु भएकामध्ये कसैको पनि परीक्षण भएन’ जनस्वास्थ्य प्रमुख यादवले भन्नुभयो ‘स्वाइन फ्लु वा हङकङ फ्लुकै कारण मरेको हो भन्ने यकिनसाथ भन्न सकिँदैन ।’
यसैबीच कञ्चनरुप तथा हनुमाननगर नगरपालिकामा स्वाइन फ्लु र हङकङ फ्लुको भाइरस फेला परेपछि जिल्ला दैवी प्रकोप उद्दार समितिको आपतकालीन बैठक बसेको छ ।
बैठकमा प्रभावित क्षेत्रमा स्वास्थ्य टोली खटाउने र उपचारको व्यवस्था मिलाउने तथा भारतीय नाकामा हेल्प डेस्क राख्ने विषयमा छलफल भएको जनाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।