खप्तड र बडीमालिकाको मात्रै विकास गर्न सके पनि सुदूरपश्चिमको कायापलट हुन्छ : मन्त्री आले

 फागुन १४, २०७८ शनिबार १५:२०:७ | विमल बिष्ट
unn.prixa.net

डोटी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले प्रकृतिले दिएको अनुपम उपहार खप्तड र बडीमालिकाको मात्रै विकास गर्न सके सुदूरपश्चिममा विकासको कायापलट हुने बताउनु भएको छ । यहाँको प्रमुख पर्यटकीय स्थल खप्तड तथा दिपायल विमानस्थलको निरीक्षण तथा अवलोकनका लागि आज शनिबार खप्तड पुग्नु भएका मन्त्री आलेले खप्तड एक प्रकृतिले दिएको सुदूरपश्चिमको खजना भएकाले यहाँ १२ महिना पर्यटक आउन सक्ने गरी विकास सहित पर्यटकलाई खाने तथा बास बस्ने सहितका काम गरिने बताउनुभयो ।

यस्तै सुदूरपश्चिमलाई देश विदेशमा चिनाउन तथा यहाँको विकासमा फड्को मार्नका लागि भएपनि यहाँका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको विकास गर्न जरुरी भएको समेत मन्त्री आलेले बताउनुभयो । 

“खप्तड, बडीमालिका भनेका प्रकृतिका एक अनुपम उपहार हुन्, यी क्षेत्रको मात्रै विकास गर्न सके सुदूरपश्चिममा कायापलट हुने छ”, उहाँले भन्नुभयो, “सुन्दर प्रकृतिको खानी यी क्षेत्रमा सामान्य पूर्वाधार विकास गर्न सके यहाँ बर्सेनि लाखौँ पर्यटक भित्रिने छन्, खप्तडको बृति विकासका लागि म काम गर्छु ।”

निरीक्षण अनुगमनकै क्रममा मन्त्री आलेले प्रकृतिले सुदूरपश्चिममा स्वर्ग जस्तै उपहारका रुपमा खप्तड दिएकाले खप्तडमा पर्यटक भित्रयाउनका लागि आवश्यक पर्ने सबै पूर्वाधारको विकास गरिने आश्वासन समेत दिनुभयो ।

यस्तै समग्र देशको विकास गर्नका लागि पर्यटकीय क्षेत्रको विकास गर्न जरुरी भएको पनि उहाँले बताउनुभयो । सुदूरपश्चिमका मुख्य पर्यटकीय तथा धार्मिक स्थल खप्तड, बडीमालिका, रमारोसन, सैपाल, शैलेश्वरी, उग्रतारा, मालिकार्जुन, निङ्लासैनी लगायतका क्षेत्रहरुमा हजारौँ पर्यटकहरु भित्रयाउनका लागि विभिन्न विकास निर्माणका काम भइरहेको समेत मन्त्री आलेले जानकारी दिनुभयो ।

कैलालीको खुटिया, बिपीनगर, गड्सेरा, दिपायल, सायल, बझाङ् हुँदै उरै ताक्लाकोट भञ्ज्याङ् जोड्ने दुूत मार्गका लागि संघीय सरकारबाट बजेट बिनियोजन गरिएकाले चाँडै ती क्षेत्रमा रहेका पर्यटकीय तथा धार्मिक स्थलहरुमा सयौँ पर्यटकहरु पुग्ने उहाँले बताउनुभयो । यस्तै कोरोनाका कारण विगत दुई वर्षदेखि थला परेको पर्यटकीय क्षेत्र माथि उकास्न तथा ती क्षेत्रको विकासका लागि आफूसहित सिङ्गो मन्त्रालय लागिपरेको समेत मन्त्री आलेले बताउनुभयो ।
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया