त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेशन फ्लाइट सकियो

 फागुन २०, २०७८ शुक्रबार १४:४६:२७ | विमल बिष्ट
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग परीक्षणका लागि भइरहेको यान्त्रिक परीक्षण उडान अर्थात क्यालिब्रेशन फ्लाइट सकिएको छ ।

बिहीवार र आज शुक्रवार दुई दिन भएको क्यालिब्रेशन फ्लाइटका कारण उडान तथा अवतरणमा समस्या भएको थियो । आज शुक्रवार पनि दुई घण्टा क्यालिब्रेशन फ्लाइट भएको थियो । 

फ्लाइटका कारण जहाज उडान तथा अवतरणमा समस्या भएको भए पनि अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेशन फ्लाइट सकिएको विमानस्थलका निर्देशक प्रेमनाथ ठाकुरले बताउनुभयो ।

उहाँले भन्नुभयो, 'क्यालिब्रेशन फ्लाइटका कारण जहाज उडान र अवतरणमा केही कठिनाइ भइ आकाशमै होल्ड गराए थियौँ, केही जहाज अवतरण गराएका थियौँ, क्यालिब्रेशन फ्लाइट सकियो, अब सिमरामा क्यालिब्रेशन फ्लाइट हुन्छ।' 

करिब दुई घण्टासम्म भएको क्यालिब्रेशन फ्लाइटका कारण आज बिहान ११ बजेर ३० मिनेटदेखि १ बजेर ३० मिनेटसम्म धेरै जहाज आकाशमै होल्ड भएका थिए भने यस अवधिमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान हुने जहाज आकाशमै घुमिरहेका थिए । क्यालिब्रेशन फ्लाइट सकिएका कारण आकाशमै होल्ड भएका जहाजहरु अहिले अवतरण भएका छन् भने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु सुरु भएको विमानस्थल कार्यालयले जनाएको छ ।

क्यालिब्रेशन फ्लाइट गर्नका लागि आएको जहाज अझै केही दिन नेपालमै रहने र केही दिनपछि समय हेरेर पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेशन फ्लाइट गरिने निर्देशक ठाकुरले जानकारी दिनुभयो । यसैगरी बिहीवार गरिएको क्यालिब्रेशन फ्लाइटका कारण पनि धेरै जहाज अकाशमै होल्ड गरिएका थिए ।

त्यही क्रममा कतार एअरवेजको एउटा जहाजले १७ पटकभन्दा धेरै ललितपुरमाथिको आकाशमा फन्का लगाएपछि पुनः कतार फिर्ता भएको थियो। तर विमानस्थलले भने जहाज क्यालिब्रेशन फ्लाइटका कारण फिर्ता नभइ आफ्नै कारणले फिर्ता भएको जनाएको छ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया