नेपालीको शिर ननिहुरिने गरी काम गर्छु : मन्त्री आले

 फागुन २७, २०७८ शुक्रबार १८:१६:२८ | विमल बिष्ट
unn.prixa.net

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपाली नागरिकको शिर ननिहुरिने गरी काम गर्ने बताउनुभएको छ । नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानको आज शुक्रवार काठमाण्डौमा आयोजना गरेको छैटौँ राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री आलेले यस्तो बताउनुभएको हो । 

आफू सधैँ नेपाली नागरिक र देशको हितमा काम गर्दै आएको र आफ्नो पद रहुन्जेलसम्म नागरिक र देशकै विकासका लागिपर्ने उहाँको भनाइ छ । ‘म जति घण्टा, जति महिना र जति दिन मन्त्री पदमा रहन्छु, त्यत्ति नै समय म देश र नागरिकका हितका लागि नै काम गर्छु । देश र नागरिकबाहेक अन्य मेरा लागि ठूलो कुनै कुरै छैन’, उहाँले भन्नुभयो । 

मन्त्री आलेले दलित, जनजाति समुदायहरू विगतदेखि राज्यको उत्पीडनमा परेका हुनाले उनीहरूलाई माथि उकास्न आफू सधैँ कटिबद्ध रहेको बताउनुभयो । 

गरिबी, अशिक्षा तथा विकासको मूलधारबाट बाहिर परेका पश्चिमतिरका दलित समुदायको पीडा झन् दयनिय रहेको मन्त्री आलेको भनाइ थियो । कार्यक्रममा नेपाली साहित्यका माध्यमबाट जातीय विभेद तथा असमानताका विरुद्ध काम गर्ने तीन जनालाई सम्मान गरिएको थियो । 

कार्यक्रममै मन्त्री आलेले आर्थिक अवस्था नहुँदा पढाइबाट वञ्चित भएकी डोटीको शिखर नगरपालिका–१ कपल्लेकीकी बालिका चम्पा सार्कीलाई कक्षा १० देखि स्नातकसम्मको पढाइ खर्च आफूले बेहोरेको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया