सुदूरपश्चिमका पहाडी जिल्लामा निगमकाे जहाज चल्न थाल्याे

 फागुन २९, २०७८ आइतबार १५:५१:१७ | विमल बिष्ट
unn.prixa.net

डोटी – सुदूरपश्चिमका तीन जिल्ला बझाङको चैनपुर, अछामको साँफे तथा डोटीको दिपायल विमानस्थलमा नेपाल वायु सेवा निगमको जहाज सञ्चालन भएपछि यात्रुहरूलाई सहज भएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सुदूरपश्चिमका पहाडी जिल्लामा निगमको जहाजमार्फत नियमित सेवा दिन निर्देशन दिएपछि अहिले सेवा सुरु भएको नेपाल नागरिक उड्डयन प्राधिकरण धनगढीको गेटा विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मन्त्रीज्यूको निर्देशनपछि यहाँका तीन जिल्लामा हप्तामा दुई पटक सोमवार र शुक्रवार नियमित उडान सुरु भएको छ र बाजुरामा यात्रु सङ्ख्याका आधारमा उडान गर्ने गरेका छौँ ।’ 

निगमले सुदूरपश्चिमका तीन जिल्लामा हवाई उडान सुरु गरेपछि यात्रुहरूलाई सहज भएको र सङ्ख्यामा पनि वृद्धि भएको गेटा विमानस्थल कार्यालयले जनाएको छ । यसअघि यात्रु अभाव र जहाजको कमी भएको भन्दै निगमले सुदूरपश्चिममा उडान सेवा बन्द गरेपछि निजी क्षेत्रका केही कम्पनीले यात्रु सङ्ख्याका आधारमा उडान भर्दै आएका थिए । 

सुदूरपश्चिमकै बैतडीको पाटन विमानस्थलमा भने निगमले अहिलेसम्म पनि हवाई उडान सुरु गर्न सकेको छैन । यो विमानस्थलमा निजी क्षेत्रको समिट एअरले उडान गर्ने गरेको छ । 

घर छेउमै विमानस्थल भए पनि जहाज नआउँदा समस्या भोगिरहेका सुदूरपश्चिमका नागरिकहरू अहिले वायु सेवाले जहाज सञ्चालन गरेपछि यात्रा गर्न सहज भएको डोटीको दिपायल सिलगढी नगरपालिका–३ का गणेशबहादुर साउदले बताउनुभयो । दिपायलसहित यहाँका अन्य जिल्लामा रहेका विमानस्थलहरूको थप विस्तार र स्तरोन्नतिका लागि मन्त्री आलेले बजेट विनियोजन गरी काम सुरु हुने प्रक्रियामा पुगेपछि नागरिकहरू खुसी भएका छन् । 

जहाज सञ्चालनमा आएपछि बिरामीदेखि अन्य नागरिकलाई यात्राका लागि सहज भएको अछामकासञ्चारकर्मी विष्णु भण्डारीले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया