देवचुली नगरपालिका गण्डकी प्रदेशको पहिलो बालमैत्री स्थानीय तह  घोषित

 भदौ २९, २०७५ शुक्रबार १९:५१:१२ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी - बर्दघाट सुस्ता  पूर्वको देवचुली नगरपालिका देशको दोश्रो तथा गण्डकी प्रदेशको पहिलो बालमैत्री स्थानीय तह घोषणा भएको छ ।  

परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीलले शुक्रबार देवचुलीलाई  बालमैत्री नगरपालिका घोषणा गर्नुभएको हो ।

देवचुली नगरपालिकाले बालमैत्री घोषणाका लागि आवश्यक पर्ने ४३ वटा सूचक पूरा गरेकाले नगरपालिकालाई बालमैत्री घोषणा गरिएको हो । नगरपालिकाले नेपाल सरकारले तय गरेका ३९ वटा सूचकमा ४ वटा थप गरि ४३ वटा सूचक पुर्याएको थियो । 

सबै घरधुरीमा शौचालयको निर्माण , सबै घरधुरीमा आयोडिनयुक्त नुनको प्रयोग  शत प्रतिशत पूरा भएको र  अपाङ्गमैत्री पूर्वाधार निर्माण र विद्यालयमा दण्डरहित सिकाइको  प्रतिवद्धता गरी ४ वटा सूचक नगरपालिकाले थप गरेको थियो ।

थप गरिएका सूचक सहित ४३ वटै सूचकमा न्यूनतम  मापदण्ड पूरा गरेपछि नगरपालिकालाई  देशकै दोश्रो तथा गण्डकी प्रदेशकै पहिलो बालमैत्री स्थानीय तहका रुपमा परराष्ट्रमन्त्री ज्ञवालीले घोषणा गर्नुभएको हो ।

हाल देवचुली नगरपालिका अन्तरगत रहेको साविकको प्रगतिनगर गाविसलाई वि.स. २०७० सालमा देशकै पहिलो बालमैत्री गाविस घोषणा गरिएको थियो ।

बालमैत्री घोषणा सभालाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले विकाश भनेको भौतिक पूर्वधारलाई मात्र मान्ने भ्रमित मानसिकता रहेकोे बताउनु भएको छ । नवलपरासीको देवचुली नगरपालिकाको बालमैत्री घोषणा सभामा सम्बोधन गर्दै मन्त्री ज्ञवालीले विकाश भनेको ठूला-ठूला पुलहरु, बाटोहरु, विद्यालय भवनहरु र भौतिक पूर्वधारलाई मान्ने भ्रमित मानसिकता रहेको बताउनुभएको हो ।  

तर विकासको महत्वपूर्ण पक्ष मानवीय विकास र त्यसमा पनि बालबालिकाको विकास भएको मन्त्री ज्ञवालीले बताउनुभयो   ।

बालमैत्री घोषणा सभामा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले सरकाले बालबालिकाको सुरक्षाका निम्ति नेतृत्वदायी भुमिका खेल्नेकुरामा कुनै दुइमत  नरहेको बताउनुभयो । यसमा राज्य संगै समुदाय,परिवार र राज्यका सबै नागरिकको सहयोगको आवश्यकता रहको उहाँले बताउनुभयो ।

यसअघि नवलपरासी पश्चिमको सुनवल नगरपालिका देशको पहिलो बालमैत्री स्थानीय तहका रुपमा घोषणा भएको थियो ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया