सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेस पनि सहभागी हुन्छ : प्रचण्ड

 फागुन ३०, २०७८ सोमबार २०:२७:२ | विमल बिष्ट
unn.prixa.net

डोटी – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेस पनि सहभागी हुने बताउनुभएको छ ।

पार्टी प्रशिक्षण कार्यक्रमका लागि आज सोमवार कैलालीको धनगढी पुग्नुभएका अध्यक्ष दाहालले गेटा विमानस्थलमा पत्रकारहरूसँगको भेटघाटका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशमा कांग्रेसको भाग माग्नुभएको र त्यसको विषयमा माधव नेपालसँग पनि छलफल गरी केही मन्त्रालय कांग्रेसलाई दिने सहमति भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसको प्रतिनिधित्व छैन, प्रधानमन्त्री शेरबहादुर देउवा, माधव नेपाल र मबीचको छलफलमा कांग्रेसलाई सहभागी गराउने कुरा भएको छ, मन्त्रालय थप गरी कांग्रेसलाई पनि सहभागी गराउन एक खालको सहमति भएको छ ।’ 

अध्यक्ष प्रचण्डले एकीकृत समाजवादी पार्टीले केही मन्त्रालय छोड्न तयार हुनुपर्ने बताउनुभयो । 

अहिले ११ सदस्यीय मन्त्रिपरिषद् रहेको सुदूरपश्चिममा चार मन्त्री र तीन राज्यमन्त्री गरी सात जना एकीकृत समाजवादी पार्टीका मन्त्री रहेका छन् । माओवादी केन्द्रबाट तीन मन्त्री र एक राज्यमन्त्री गरी चार जना मन्त्री रहेका छन् । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया