मेयरलाई जातीय विभेद हुने गाली गर्ने व्यक्तिलाई २ महिना कैद सजाय

 चैत १, २०७८ मंगलबार २०:४:३६ | विमल बिष्ट
unn.prixa.net

डोटी – उच्च अदालत दिपायल राजपुरले कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडलाई जातीय विभेद हुने गरी गाली गर्ने एक व्यक्तिलाई दुई महिना कैद सजाय सुनाएको छ । 

कैलाली बोराडाडीका ओमप्रकाश पाण्डेले सामाजिक सञ्जालमा जातीय विभेद हुने गाली दिएको भन्दै उच्च अदालतले दुई महिना कैद सजाय सुनाएको हो । उच्च अदालत दिपायलका कामु मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश सागर विष्टको संयुक्त इजलासले प्रतिवादीले अदालतसमक्ष गल्ती महसुस गरेको अवस्थालाई ध्यानमा राख्दै न्यूनतम सजाय गर्दासमेत न्यायको मकसद पूरा हुने हुँदा दुई महिना सजाय सुनाइएको अदालतले जनाएको छ ।

२०७७ साल वैशाख २७ गते पाण्डेले फेसबुक पेजमा मेयर वडलाई लक्षित गर्दै गाली गरेको भन्दै उजुरी परेको थियो । तत्कालीन समयमा पतिराम सोवसहित चार जनाले पाण्डेविरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दिएका थिए । त्यही मुद्दामा कैलाली जिल्ला अदालतले २०७७ मङ्सिर ३० गते प्रतिवादी पाण्डेलाई पाँच सय रुपैयाँ जरिबाना मात्र गरेको थियो । उच्च अदालत दिपायलले जिल्ला अदालतको फैसला उल्टाउँदै प्रतिवादीलाई दुई महिना कैद र बीस हजार रुपैयाँ जरिबाानाको सजाय सुनाएको हो । कैलाली जिल्ला अदालतले पुरानो कानुनी व्यवस्था प्रयोग गरी गरेको फैसला त्रुटिपूर्ण भएको इजलासको ठहर छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया