नेपालमा नयाँ परियोजनामा सहयोग गर्ने एडीबीका महानिर्देशकको प्रतिबद्धता

 चैत २, २०७८ बुधबार १८:२१:२६ | विमल बिष्ट
unn.prixa.net

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेसँग एसियाली विकास बैंक (एडीबी) का दक्षिण एसिया क्षेत्रीय डिर्पाटमेन्टका महानिर्देशक केनियो योकोयामाले भेटवार्ता गर्नु भएको छ ।मन्त्रालयमा आज बुधवार भएको भेटका क्रममा महानिर्देशक योकोयामाले नेपालमा नयाँ परियोजना निर्माणका लागि एडीबीले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । 

मन्त्रालय र एडीबीबीच विगतदेखि विकासका कामका सहकार्य भइ कतिपय काम सम्पन्न भएका र फेरि पनि नयाँ काममा एडीबीले सहयोग गर्ने महानिर्देशक योकोयामाले आश्वासन दिनुभयो । भेटका क्रममा भैरहवामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एडीबीको सहयोगमा भएका विकासका कामका विषयमा छलफलसमेत भएको थियो ।

महानिर्देशक योकोयामाले एडीबीको सहयोगमा निर्माण सम्पन्न भएको भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कोभिड–१९ का बाबजुद पनि सम्पन्न भएकाले चाँडो अन्तर्राष्ट्रिय उडान गर्न शुभकामना दिनुभयो । 
मन्त्री आलेले एसियाली विकास बैंकको सहयोगमा नेपालमा थुप्रै विकासका काम भएका र भविष्यमा पनि नयाँ परियोजना निर्माणका लागि आवश्यक पर्ने सहयोगको अपेक्षा राख्नुभएको थियो ।

यसैगरी मन्त्री आलेले नेपालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनका क्षेत्रमा थप नयाँ परियोजनामा सहयोग गर्नका एडीबीलाई आग्रह गर्नुभएको थियो । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया