रुसमाथि अस्ट्रेलिया र जापानको थप प्रतिबन्ध

 चैत ४, २०७८ शुक्रबार १२:३५:४७ | एजेन्सी
unn.prixa.net

रुसमाथि अस्ट्रेलिया र जापानले थप प्रतिबन्ध घोषणा गरेका छन् ।

अस्ट्रेलियाले रुसी अर्बपति ओलेग देरिपास्का र भिक्टोर भेक्सेल्वर्ग, एघार वटा बैंक र सरकारी निकायलाई प्रतिबन्ध लगाएको हो । त्यस्तै जापानले थप १५ रुसी नागरिक र नौ संस्थालाई प्रतिबन्ध लगाएको जनाएको छ । त्यसमा सरकारी स्वामित्वको अस्त्र निर्यातकर्ता रोसोबोरोन एक्सपोर्ट पनि छ ।

रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि विभिन्न देशले प्रतिबन्ध लगाइसकेका छन् । तर चीनले रुसमाथि लाग्दै आएका प्रतिबन्धले विकासोन्मुख देशका लागि असर पुग्ने जनाएको छ ।

संयुक्त राष्ट्र सङ्घका लागि चीनका प्रतिनिधि झाङ जुनले महामारीपछि सुस्त गतिमा विश्वको अर्थतन्त्र राम्रो अवस्थामा फर्किरहेको बेला भएको प्रतिबन्धले नयाँ समस्या उत्पन्न गराउने बताउनुभएको बीबीसीले जनाएको छ ।

यसैबीच अमेरिका र चीनका राष्ट्रपतिबीच टेलिफोन वार्ताको तयारी भइरहेको छ । रुसले युक्रेनमा आक्रमण थालेयता अमेरिका र चीनका शीर्ष नेताबीच पहिलो पटक संवाद हुन लागेको हो। अमेरिकाका राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिन पिङबीच वार्ताको तयारी भइरहेको ह्वाइट हाउसलाई उदृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमा निरन्तर आक्रमण गर्दै आएको छ ।  

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया