माओवादी केन्द्रका नेता ठम्मरबहादुर विष्ट दलको सदस्यबाट निलम्बित

 चैत ६, २०७८ आइतबार १२:२:२३ | मुना हमाल
unn.prixa.net

सुर्खेत - नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक तथा प्रदेश सभा सदस्य ठम्मरबहादुर विष्टलाई दलको सदस्यबाट निलम्बन गरेको छ।

माओवादी केन्द्र कर्णाली प्रदेश सभा संसदीय दलले आज प्रेस विज्ञप्ति निकालेर विष्टलाई दलको सदस्यबाट निलम्बन गरिएको जानकारी दिएको हो।

दलका नेता महेन्द्रबहादुर शाहीले हस्ताक्षर गर्नुभएकाे विज्ञप्तिमा विष्टले दलको विधान विपरीत अभिव्यक्ति दिँदै आएको र सांसद पदबाट समेत राजीनामा दिएको सन्दर्भमा राजीनामा फिर्ता लिएर नियमित काममा फर्किन दिएको निर्देशनलाई अवज्ञा गरिएकाले दलको सदस्यबाट निलम्बन गरिएको उल्लेख छ।

विष्टले केही दिनअघि पार्टी परित्याग गरेको घोषणासँगै  सांसद पदबाट पनि राजीनामा दिनु भएको थियो।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया