मन्त्री आले भारत प्रस्थान

 चैत १०, २०७८ बिहिबार १६:३९:१९ | विमल बिष्ट
unn.prixa.net

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले आज बिहीवार दिउँसो भारतको एक दिने औपचारिक भ्रमणका लागि प्रस्थान गर्नुभएको छ । भारतीय सरकार तथा विङ्स इन्डिया २०२२ ले पर्यटन तथा नागरिक उड्डयनका क्षेत्रमा गर्न लागेको कार्यक्रममा सहभागी हुन उहाँ आज त्यसतर्फ प्रस्थान गर्नुभएको मन्त्री आलेका प्रशासन सहायक भक्तबहादुर आलेले जानकारी दिनुभयो । 

भोलि उद्घाटन हुने कार्यक्रममा मन्त्री आलेले नेपालको पर्यटन प्रवद्र्धन थता नागरिक उड्डयनका क्षेत्रमा आफ्ना धारणा राख्नुहुने पर्यटन मन्त्रालयले जनाएको छ । 

मन्त्री आलेले धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा निर्माणका लागि प्रक्रिया सुरु भएकाले त्यस विमानस्थलको उड्डयनको क्षेत्रमा विकास गरी त्यहाँ बढीभन्दा बढी पर्यटक भित्र्याउन तथा भारतसँग सिमाना जोडिएका नेपालका विभिन्न विमानस्थलमा हवाई रुट खोल्नलगायत अन्य आवश्यक पर्ने सहयोगका लागि भारत सरकारसँग आग्रह गर्ने बताइएको छ । 

कार्यक्रम मार्च २४ देखि २७ सम्म भारतको हैदराबाद सहरमा सञ्चालन हुनेछ । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया