सार्वजनिक जग्गा मिच्नेलाई खाँडादेवी गाउँपालिकाले कानुनी दायरामा ल्याउने

 चैत १७, २०७८ बिहिबार १७:१४:५७ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – रामेछापको खाँडादेवी गाउँपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरेर बस्नेहरूलाई कानुुनी दायरामा ल्याउने भएको छ । गाउँपालिकाले पालिकाभित्र रहेका नौ वटै वडाका विभिन्न ठाउँमा सार्वजनिक जग्गा अतिक्रमण बढ्दै गएपछि बाध्य भएर यस्तो निर्णय गर्नुपरेको बताएको छ । 

यसअघि बस्दै आएका नागरिकहरूलाई भने पालिकाले निर्धारण गरेको शुुल्क लिएर बसोवास गर्न दिइने भएको छ । पालिकाले सार्वजनिक जग्गा यकिन गर्ने र सार्वजनिक जग्गामा बसोवास गर्दै आएकाहरूसँग एक फिट जग्गाको पाँच रुपैयाँका दरले मासिक रकम असुल गर्ने निर्णय गरेको हो । 

गएको आर्थिक वर्षमा नै सार्वजनिक जग्गा छुट्याउन अमिन खटाउने निर्णय गरेको पालिकाले अहिलेसम्म सार्वजनिक जग्गा यकिन गर्न नसक्दा निर्णय कार्यान्वयन हुन सकेको छैन ।

पछिल्लो समय पालिकाभित्रका सार्वजनिक जग्गा अतिक्रमण गरी घर तथा टहरा बनाएर बस्नेको सङ्ख्या बढ्न थालेपछि यो रोक्न अभियान नै चलाउन लागिएको खाँडादेवी गाउँपालिकाकी उपाध्यक्ष मखमली श्रेष्ठले जानकारी दिनुभयो ।  

खाँडादेवीको पर्यटकीयस्थलको रूपमा चर्चित गाल्वा बजारमा सार्वजनिक जग्गा अतिक्रमण गरेर घना बजार बसेको छ । यो ठाउँमा पक्की भवनहरूसमेत बनिसकेका छन् । सुनापति, खाँडादेवी र दोरम्बा गाउँपालिकाको सङ्गम स्थल मानिएको गाल्वा बजार मुख्य बजार पनि हो । 

सार्वजनिक जग्गा अतिक्रमणको विषयमा पटक–पटक समाचारहरू सञ्चारमाध्यममा आए पनि सम्बद्ध पक्षले चासो दिएको पाइएको छैन । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया