डोटीमा माटोको ढिस्कोले पुरिएर एक किशोरको ज्यान गयो

 चैत १७, २०७८ बिहिबार २०:३३:३८ | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीमा माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर आज बिहीवार एक किशोरको ज्यान गएको छ । 

ज्यान गुमाउनेमा केआईसिंह गाउँपालिका ४ कारीगाउँका १३ वर्षीय दिनेश विक रहेका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) कान्तिराज जोशीले जानकारी दिनुभयाे ।   

आज बिहान घर पोत्नका लागि माटो लिन गएका उनी माटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर घाइते भएका थिए । उनकाे उद्धार गरी नजिकैको अस्पतालमा उपचारका लगिएकोमा उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया