पशुपति धर्मशालामा होटेल आनन्दसँगको सम्झौता रद्द, 'बतास' ले पत्र बुझ्न मानेन

 चैत २०, २०७८ आइतबार १९:५५:४ | विमल बिष्ट
unn.prixa.net

काठमाण्डौ – पशुपति क्षेत्र विकास कोषले नेपाल–भारतमैत्री पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द प्रालीसँग धर्मशाला भाडामा सञ्चालन गर्न गरिएको करार सम्झौता रद्द भएको जनाएको छ । पहिलो पक्ष पशुपति क्षेत्र विकास कोष र दोस्रो पक्ष होटेल आनन्द प्रालीकाबीचमा धर्मशालामा होटेल सञ्चालनका विषयमा भएका सम्झौतामा लेखिएका सर्तहरु पालना नगरेको भन्दै सम्झौता रद्द भएको विकास कोषले जनाएको छ । 

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकले एक सार्वजनिक सूचना प्रकाशित गरेर यसबारे जानकारी गराएको छ । सम्झौता रद्द भएको विषयमा लेखिएको पत्र बुझाउन जाँदा होटेल आनन्द प्राली (बतास समूह) ले बुझ्न नमानेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मीलनकुमार थापाले बताउनुभयो । 

बतास समूहले सम्झौता रद्द भएको पत्र बुझ्न नमाने पनि पशुपति क्षेत्र विकास कोषले त्यो समूहको आधिकारिक ई–मेलमा पत्र पठाइसकेको बताएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले पशुपति क्षेत्र विकास कोषमार्फत होटल आनन्द प्रालीलाई धर्मशाला खाली गरिदिन गएको बिहीवार नै पत्राचार गरेको भए पनि अहिलेसम्म पत्र बुझ्न नमानेको बताइएको छ ।

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा धर्मशाला भाडामा दिने विषयमा गरिएको सम्झौताका सम्बन्धमा गठित छानबिन समितिले होटल आनन्द प्रालीसँगको सम्झौता खारेजीको सुझाव दिएको थियो ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया