प्रतिबन्धित गाँजालाई वैधानिकता माग गर्दै धनकुटामा गाँजा मेला

 चैत २१, २०७८ सोमबार ११:२१:५७ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा – प्रतिबन्धित गाँजा खेतीलाई वैधानिकता दिन माग गर्दै धनकुटाकाको सहिदभूमि गाउँपालिकामा पहिलो पटक तीन दिने गाँजा सचेतना मेला शुरु भएको छ ।

भोजपुर, उदयपुर र धनकुटा गरी ३ जिल्लाका अभियान्ताहरुको संयुक्त आयोजनामा सहिदभूमि गाउँपालिका वडा नं. २ को अखुवा टारमा मेला शुरु भएको हो । मेलामा नेपालका विभिन्न संस्थाका गाँजा अभियान्ताहरु पुगेर कार्यक्रममा ऐक्यबद्धता जनाउँदै गाँजा खेतीलाई वैधानिकता दिन माग गरेका छन् । कार्यक्रमको उद्घाटन गाँजा वैधानिक अभियान्ता संस्थाका केन्द्रीय सल्लाहाकार राजिव काफ्ले तथा स्थानीय पालिकाका प्रमुखहरुले गाँजाको बिरुवामा पानी हालेर कार्यक्रमको उद्घाटन गरेका थिए । हाल संयुक्त राष्ट्रसंघले समेत गाँजामा ९८ प्रतिशत भन्दा बढी औषधीय गुण भएको भन्दै गाँजालाई लागु औषधबाट हटाएकाले यसलाई नेपालमा पनि वैधानिकता दिनु पर्ने अभियान्ताहरुले माग गरेका छन् ।

विश्वका २३ भन्दा बढी देशमा उत्पादन हुने गाँजामध्ये नेपालको गाँजा सबैभन्दा राम्रो भएकाले यसको मूल्य भारतमा ८ लाख र यूरोपमा २५ लाख रुपैयाँसम्म रहेकोले नेपालको लागि गाँजा प्रमुख आयश्रोत हुने अभियान्ताहरुको दाबी छ । गाँजाबाट सयौं औषधि र मानव उपयोगी वस्तुहरु बनाउन प्रयोग हुने भएकाले यसलाई वैधानिकता दिएर किसानहरुको प्रमुख आयश्रोत बनाउन सके देश आर्थिक रुपमा समृद्ध हुने उनीहरुको भनाई छ ।

कार्यक्रममा विश्व हिन्दु महासंघका अधयक्ष ऋषिकेशजंग शाह, गाँजा वैधानिक अभियान्ता जोसेफ मदन कोईराला, सहिदभूमि गाउँपालिका धनकुटाका अध्यक्ष मनोज राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष मनोज राई लगायत स्थानीय कृषकहरुका प्रतिनिधिहरुले गाँजालाई वैधानिकता दिन माग गरेका थिए ।

तीन दिनसम्म चल्ने उक्त मेलामा गाँजा सम्बन्धी विभिन्न कपडाका स्टल तथा उत्पादन, सांस्कृतिक कार्यक्रम तथा अन्तरक्रिया कार्यक्रमहरु गरिने आयोजक समितिका सदस्य सचिव नरेन्द्र राई (कश्चित) ले बताउनुभयो । नेपाल सरकारले गाँजालाई लागु औषधका रुपमा राखेकाले धनकुटाको छिन्ताङ्ग क्षेत्रबाट मात्र हरेक वर्ष ३० जना भन्दा बढी व्यक्ति गाँजाको कारोबारको आरोपमा पक्राउ पर्ने गरेको आयोजक समितिका अध्यक्ष तिर्थ राईले बताउनुभयो । उहाँका अनुसार यो क्षेत्रमा मात्र वार्षिक करोडौं रुपैयाँ मूल्य बराबरको गाँजा उत्पादन हुने गर्दछ ।
 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया