नेपाल–भारत मैत्री धर्मशालाको मुद्दाको पेसी आइतबारलाई सारियो

 चैत २२, २०७८ मंगलबार १०:३६:९ | विमल बिष्ट
unn.prixa.net

काठमाण्डौ – पशुपति क्षेत्रमा रहेकाे नेपाल–भारत मैत्री पशुपति धर्मसाला सम्बन्धी मुद्दाको सोमबार तोकिएको पेसी उच्च अदालत पाटनले चैत २७ गतेका लागि सारेको छ ।

प्रतिवादी होटेल आनन्द प्राली (बतास समूह)का तर्फबाट राखिएका अधिवक्ताहरुले यस अघि माग गरेको अनतरिम आदेश नदिने उच्च अदालत पाटनका न्यायाधीश दीपेन्द्रबहादुर बमकै बेन्चमा आजको पेसी परेकाे थियाे । तर अन्तरिम आदेश नदिने श्रीमानले यो मुद्दा हेर्न मिल्दैनकी भन्ने कुरा उठाउनु भएपछि आजको पेसी २७ गतेका लागि सरेको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायण सुवेदीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “होटेल आनन्द प्रालीले कतिपय कुरा अदालतलाई ठगेर मुद्धा दर्ता गराउनु भएको छ, छिटो अन्तरिम आदेश माग्नेले आज किन पेसी सारे, मुद्धा कमजोर छ भन्ने सहजै बझिन्छ ।”

बतास समूह अन्तरगत रहेको होटेल आनन्द प्रालीले पशुपति क्षेत्र विकास कोषसँग गरेको सम्झौता अनुसार नेपाल–भारत मैत्री धर्मसालाको सम्झौता उल्लेख गरिएका बिभिन्न सर्तहरु अनुसार काम नगरेको भन्दै विकास कोषले सम्झौता खारेज गरेको थियो ।

बतास समूहले सम्झौता रद्द भएको पत्र बुझ्न नमानेपछि पशुपति क्षेत्र विकास कोषले उक्त समूहको आधिकारीक इमेलमा पत्र पठाएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले पशुपति क्षेत्र विकास कोषमार्फत होटल आनन्द प्रालीलाई धर्मशाला खाली गरिदिन गएको बिहीबार नै पत्राचार गरेको थियो ।

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा धर्मशाला भाडामा दिने विषयमा गरिएको सम्झौताका सम्बन्धमा गठित छानबिन समितिले होटल आनन्द प्रालीसँगको सम्झौता खारेजीको सुझाव दिएको थियो ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया