मन्त्री आलेद्वारा हिमाल आरोही लामालाई बिदाइ

 चैत ३०, २०७८ बुधबार १२:३०:२३ | विमल बिष्ट
unn.prixa.net

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कञ्चनजङ्घा हिमाल आरोहण गर्न जान लाग्नु भएकी काभ्रे जिल्ला रोशी गाउँपालिका–१ भिमखोलीकी ३२ वर्षीया सर्मिला लामालाई बिदाइ गर्नुभएको छ ।

मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री आलेले आरोही लामालाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै सफलतापूर्वक आरोहण गरेर फर्कन शुभकामना दिनुभयो । उहाँले आफ्नो स्वास्थ्य र भौतिक अवस्था सबै विचार गरेर आरोहण गर्न सुझाव समेत दिनुभएको छ ।

विगत१६ वर्षदेखि हिमाल आरोहण गर्न थाल्नुभएकी लामाले विश्वका अग्ला १४ वटा हिमाल आरोहण गर्ने लक्ष्य राख्नुभएको छ । यसमध्ये चार वटा हिमालको आरोहण गरिसकेको आरोही लामाले जानकारी दिनुभयो । लामाले यसअघि सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसक्नु भएको छ ।
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया